तिहारको दोस्रो दिन, कुकुरको पूजाआजा गरी मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपसछ नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधि समेत रहेको गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनालाई नरके बगाउने पनि भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यी पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलन समेत छ ।

Related posts

Leave a Comment