तीन दिने खेल बिज्ञान तथा ब्यबस्थापन तालिम शुरु

प्रकासित मिति: ७ चैत्र २०७५, बिहीबार ०७:१९

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदको समन्वय तथा तङ–इल मो–दोे संघ नेपालको आयोजनामा तीन दिने खेल बिज्ञान तथा ब्यबस्थापन तालिम बिहिबार देखि शुरु भएको छ । पीस एम्बेसी भवन नक्सालमा राष्ट्रिय खेलकुद परिषदका सदस्य इन्दीरा निरौलाले तालिमको उद्घाटन गरिकी हुन् । चैत्र ७ देखि ९ सम्म हुने तालिमा खेल बिज्ञान तथा ब्यबस्थापनको बारेमा बिभिन्न क्षेत्रका बिज्ञहरुबाट प्रशिक्षण दिईने छ ।
तङ–इल मो–दोे संघ नेपालका तीन दर्जन भन्दा बढी खेलाडिहरुको सहभागिता रहेको छ । तालिम उद्घाटन पछि बोल्द ैराष्ट्रिय खेलकुद परिषदका सदस्य इन्दीरा निरौलाले तङ इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुटै पहिचान बनाएको बताईन् । उनले खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान पुग्ने बताउँदै यस खेलको बिकासमा खेलकुद परिषद सदैव साथमा रहेकोमा जोड दिइन् । उनले प्रशिक्षणमा सहभागि खेलाडीलाई आफूले सिकेको ज्ञान र सिप अरुलाई बाँडन आग्रह गरिन् ।
खेल बिज्ञ केशबराज गौतमले खेलाडीले सिकेको सिप राष्ट्रको सम्पति रहेको बताए उनले खेलकुद जीवनको अनुशासन, स्वास्थ्य र राष्ट्रको गौरवकोे लागि महत्वपूर्ण रहेको भन्दै खेलाडिले खेल बिज्ञान तथा ब्यस्थापनको बारेमा पनि ज्ञान लिनको लागि तालिम उपयोगि हुने बताए । ङ–इल मो–दोे संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले खेलकुद हाम्रो जिवनको अनुशासन, स्वास्थ्य र राष्ट्रको गौरवको लागि महत्वपूर्ण रहेको बताए । कार्यक्रममा स्वागत मन्तब्य वल्र्ड कार्प नेपालका अध्यक्ष रुपशिह भण्डारीले गरेका थिए भने कार्यक्रम संञ्चालन तङ–इल मो–दोे संघ नेपालका महासचिव बिष्णु निश्चलले संञ्चालन गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement