तेस्रो बन्ने प्रतिष्पर्धामा इंग्ल्याण्ड र बेल्जियम

प्रकासित मिति: ३० असार २०७५, शनिबार ०३:४९

विश्व फुटवलको महाकुम्भ सकिनै लाग्दा आज तेस्रो स्थानका लागि प्रतिष्पर्धा हुँदैछ । जनु खेलमा बेल्जियम र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् ।

यी दुबै टीम विश्वकपको ट्रफी उचाल्ने दाउँमा थिए । तर, त्यो सम्भव नभए पनि आजको प्रतिष्पर्धाले तेस्रो र चौथो स्थानको टुंगो लगाउने छ ।

समूह ‘जी’ मा रहेका दुवै टोलीले समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो । शनिबार हुने यी दुई टोली बीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली समय अनुसार पौने ८ बजे हुनेछ ।

फुटबल इतिहासमा यी दुई टोली बीचको खेल हेर्ने हो भने इंग्ल्याण्ड बेल्जियमविरुद्ध हावी हुँदै आएको छ । जारी विश्वकपको समूह चरणमा इंग्ल्याण्डविरुद्ध बेल्जियमले निकालेको जित ८२ वर्षपछिको पहिलो जित थियो । बेल्जियमले यसअघि सन् १९३६ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डलाई ३–२ ले पराजित गरेको थियो ।

Bhansar Bivag
Argakhachi Cement