काठमाडौं । २२ जनाको मृत्यु हुनेगरी त्रिशुली नदीमा भएको यात्रुबस दुर्घटनाप्रति नेपाल परिवार दलले दुःख ब्यक्त गरेको छ ।
आज नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगीले बिज्ञप्ति जारी गर्दै मुग्लिन(नारायणगढ सडकखण्डको कालिखोलामा शुक्रबार बिहान ३ बजे भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको हो ।बिज्ञप्तिमा भनिएको छ, ‘घटनामा परि निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै परिवार दलले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दै गरेको छ ।