भक्तपुर जिल्ला मध्यपुर ठीमी नगरपालिका बोडेमा सञ्चालित थोपा बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभामा जिब्रो छेड्ने जात्राबारे वृत्तचित्र मेप्वायाःको डि.भि.डी.लोकार्पण भएको छ । नगर प्रमुख मदन सुन्दर श्रेष्ठ र सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरत प्रसाद सुवेदीले सँयुक्त रुपमा लोकार्पण गरे पछि सहकारीले आफ्नो बार्षिकोत्सवमा साँस्कृतिक गतिविधि गरेकोमा सराहना गर्नु भयो । ऋषिमाया पोख्रेल प्रतिक्षाको लेखन,अनुसन्धान तथा उदघोषण अनि डी.पी.शाह चक्रवर्तीको निर्देशनमा निर्माण भएको यस वृत्तचित्रले काठमाण्डौ फिल्म फेष्टा २०१३ मा पब्लिक च्वाईस अवार्ड पाउन सफल भएको थियो भने लेखक ऋषिमाया पोख्रेलले यसै विषयमा शोधपत्र लेखेर पृथ्वीनारायण क्यनम्पस पोखराबाट स्नातकोत्तर उत्तिर्ण गर्नु भएको छ । समाज बिकास मञ्च बोडे र एस.डी.ईन्टरटेन्मेन्टको सहकार्यमा निर्मित मेप्वायाःका सँयोजक लक्ष्मी नाथ था हाल थोपा सहकारीको सचिव रहनु भएको छ ।