थ्रेसहोल्डको औचित्य र आबस्यकता

प्रकासित मिति: २३ माघ २०७३, आईतवार १५:३६

एकनाथ ढकाल

संबिधान सभामा पनि थ्रेसहोल्ड राख्ने बारे छलफल नभएको होइन तर राष्ट्रको तत्कालिन आबस्यकता जतिसक्दो धेरै विचार र समुहको नीति निर्माणमा प्रतिनिधित्व गराउनु थियो त्यसैले थ्रेसहोल्ड संशोधन प्रस्तावको रुपमा संबिधान सभामा आएर दुइ तिहाई वाट अस्वीकृत भयो ।
राजनैतिक दल सम्बन्धि ऐन पारित गर्न थ्रेसहोल्डको बारेमा चर्को बहस भएको छ । बहस हुनु आफैमा नराम्रो होइन । नेपाल परिवार दलले ४ बर्षमा झन्डै ३ गुणा मत बृद्धि गर्न सफल भएको र दोश्रो संबिधान सभा पछि ४ बर्षको अन्तरालमा हुने निर्बाचनमा पार्टी झन् बलियो हुदै गएको छ र धेरै गुणा मत बृद्धि गर्ने कुरा निर्बिबाद छ । तसर्थ परिवार दल थ्रेसहोल्ड वाट डराउदैन र भाग्दैन । तर हजारौको बलिदानीबाट प्राप्त परिबर्तनका उपलब्धि यति चाडो भुल्न भने हुदैन ।
नेपालमा एक ठुलो राजनैतिक परिबर्तन आउनुको कारण मध्य राजनैतिक दलहरुले लिएको समाबेशी सहभागिता तथा समानुपातिक प्रतिनिधित्वको मुद्धा पनि प्रमुख थियो । संबिधान सभाको निर्बाचन अघिका चुनाब पहिलो हुने निबाचित हुने प्रणाली मात्र थियो जसमा समाजका उत्पीडित वर्ग र समुदायको प्रतिनिधित्व कम थियो । संबिधान सभामा पनि थ्रेसहोल्ड राख्ने बारे छलफल नभएको होइन तर राष्ट्रको तत्कालिन आबस्यकता जतिसक्दो धेरै विचार र समुहको नीति निर्माणमा प्रतिनिधित्व गराउनु थियो त्यसैले थ्रेसहोल्ड संशोधन प्रस्तावको रुपमा संबिधान सभामा आएर दुइ तिहाई वाट अस्वीकृत भयो । नया संबिधान निर्माण संगै जनता सार्बभौम भएका छन् र परिबर्तनको फल उत्पीडित समुदाय सम्म पुगेको देख्न चाहन्छन ।
थ्रेसहोल्ड राख्दा को खुशी हुन्छन र नराख्दा को दुखि हुन्छ भन्ने तथ्य पनि सोचौ । मैले संसदका सबै राजनैतिक दलका धेरै माननीयज्यूहरु संग यस बिषयमा कुरा गरेको छु । आदिबासी तथा जनजाति, मधेसी, मुस्लिम, थारु, दलित, पिछडा वर्ग, अल्पसंख्यक तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने अधिकाम्स सांसदहरु समानुपातिकको प्रतिशत बढाऊनु पर्ने र थ्रेसहोल्ड राख्न नहुने पक्षमा हुनुहुन्छ । जातिगत रुपमा भन्नु पर्दा ठुला पार्टीका केहि क्षेत्री बाहुन नेताहरुनै थ्रेसहोल्ड राख्न कसियर लाग्नु भएको छ । यो प्रयास स्वत परिबर्तन पछाडी फर्काउने खेल देखिन्छ । सशस्त्र जनविद्रोह, शान्तिपूर्ण जनआन्दोलन, मधेश तथा थरुहट आन्दोलनमा बलिदानी गर्ने सहिदहरुको रगत सुक्न नपाउदै उत्पीडित वर्ग र समुदायको अधिकार खोस्न कुनै पनि नैतिकताले दिदैन । तसर्थ थ्रेसहोल्ड राजनीतिक विकास क्रममा भविष्यमा राख्न सकिन्छ तर अहिले राख्ने बेला भएको छैन । संविधानले आत्मसात गरेको समाबेशी लोकतन्त्रको मर्म पनि जतिसक्दो धेरै विचार समुहको नीति निर्माणमा सुनिश्चित गराउनु हो।
हाम्रा नेताहरुले दक्षिण अफ्रिकाको धेरै उदाहरण नेपालमा दिने गरेको मैले सुनेको छु । के दक्षिण अफ्रिकामा संबिधान निर्माण संगै थ्रेसहोल्ड राखियो ? राखियन । फिनल्याण्ड जस्तो बिकसित देशमा कुनै थ्रेसहोल्ड छैन । नेदरल्याण्डमा ०.६७ ५, उरुगेमा १ ५, फिलिपिन्समा २ ५ थ्रेसहोल्ड राखेको देखिन्छ । तर फिलिपिन्समा कुनै एक दलले जति मत ल्याय पनि समानुपातिक बाट बढीमा ३ सिट मात्र प्राप्त गर्न सक्छ । यसको कारण धेरै दलहरुले प्रतिनिधित्वको अवसर पाउन भन्ने हो । इजरायलमा थ्रेसहोल्ड १ ५ वाट सुरु गरि बिस्तारै बढाऊदै गएको छ । टर्कीको निर्बाचनमा १० ५ थ्रेसहोल्ड राख्दा सर्बत्र आलोचित भै संसारकै अस्वस्थ चुनाब प्रणाली भनिएको थियो । जर्मनको संबैधानिक अदालतले थ्रेसहोल्ड असंबैधानिक घोषणा गरेको तथ्य हामी वाट छिपेको छैन ।
तसर्थ थ्रेसहोल्ड राख्न नहतारिऔ । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा अपनाइने प्रणालीहरुले पुजीपति बर्गको घरमा खुशी र उत्पीडित बर्गको घरमा बेखुशी ल्याउने कदम ऐतिहाँसिक परिबर्तनको बिपक्षमा छ ।
लेखक ः नेपाल परिवार दलका अध्यक्ष एव् सांसद हुन् ।

Bhansar Bivag
Argakhachi Cement