रित बहादुर श्रेष्ठ (कृष्ण)
ठूला राजनीतिक दलका लागि थ्रेसहोल्डले कुनै असर नपरेपनि साना दलहरुको लागि भने यसले ठूलै अवसर जुराई दिएको छ । त्यही भएर निर्वाचको मुखमा देशका राजनीतिक दलहरु दुईधुवृमा धुबीकरण भएका छ । बाम गठबन्धन होस या प्रजातान्त्रीक गठबन्धन हो । जे भए पनि थेस्रहोल्डले सबै दलहरुलाई एकै ठाउँमा ल्याउन भूमिका खेलेको छ
आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचमा चुनाबी तालमेलको लागि यहि असोज १७ गते राष्ट्रिय सभागृहमा नेकपा एमाले, माओबादी केन्द्र र नयाँ शक्ति नेपालले सम्झौता गरे । यतिमात्रै हैन निर्वाचन पश्चात तिनै पार्टी एकीकरण गर्ने गरी ६ बुर्दे सहमतिमा तिनै शिर्ष नेताले हस्ताक्षर गरे ।
सहकार्य , सहअस्तित्व र अपन्वत्व ः तीन पार्टीले अगामी निर्वाचनलाई सफलतामा पुर¥याउनको लागी सहकार्य सह–अस्तित्व र अपन्वत्वको भावलाई बिर्सनु हुदैन । यसलाई आत्मसाथ गरेर अगाडि बढेमा मात्र लक्ष्यमा पुग्न सक्नेछन । तर राजनीतिक भनेको सम्भावनाको खेल हो भन्ने सोच र आफु अनुकुल प्रयोग गर्ने खोजे यसले नकारात्मक सन्देश समेत प्रबाह गर्नेछ ।
यो सहकार्यबाट जे जस्तो प्राप्त उपलब्धीलाई पनि दलहरुले अपन्त्व लिन सक्नुपर्छ । दलहरुले देशको बिकासको ढोका खोल्नको लागि पनि हामीले सहमति गरेको हौ भनेर जसरी भाषण गरे त्यसैगरी त्यसलाई ब्यबहारमा उर्तान जरुरी छ । त्यसको लागि दलहरुबीच आत्मबिश्वासी पहिला दल र त्सको नेतृत्वकर्ताहरु नै हुनुपर्छ । बास्तवमा यो समाहित नै हो भन्नलाई चुनावी तालमेल भनेपनि उम्मेदबार छान्न बनेको समिति , घोषणा–पत्र तयार गर्न बनेको समितिले यो एकिरण नै हो भन्ने संकते गर्छ यसबारेमा दुबिधा राख्नु पदैन ।
यति भई सकेपछि तीने दलले एयटै निर्वाचन चिन्ह लिएर उम्मेदबारी दिनु उपयुत्त हुन्छ यसबाट जनतामा नयाँ उत्साह थपिन्छ तसर्थ अझै पनि समय छ । यसबारेमा दलहरुले सोच्नु जरुरी छ । यो सबैको पछाडिको भूमिका भनेको थेस्रहोल्डले खेलको छ । यदि संविधान त यो ब्यबस्था नगरिएको भए दलहरु एक ठाँउमा हुने थिएनन् की ।
लेखक ः सदस्य, संघिय परिषद नयाँ शक्ति पार्टी नेपालका युवा नेता हुनुहुन्छ ।