थ्रेसहोल्डले नयाँ विचार र नया राजनैतिक दलहरुलाई प्रतिबन्ध लगाउन खोज्यो ः अध्यक्ष ढकाल

प्रकासित मिति: १८ माघ २०७३, मंगलवार ०४:३५

१७ माघ, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले संबिधान सभाबाट दुइ तिहाईवाट अस्वीकृत भैसकेको थ्रेसहोल्डको एजेन्डा पुन ब्यूझाउने कार्यले पुजीपति बर्गको पक्षपोषण गरेको बताएका छन् । पत्रकार बिष्णु निश्चलसंग कुरा गर्दै ढकालले आफ्नो पार्टी थ्रेसहोल्डवाट नडराउने तर संबिधान र समाबेशी लोकतन्त्रको मर्म बिपरित काम गर्न खोजेकेले बिरोध गर्नु परेको बताए । अध्यक्ष ढकालले साना राजनैतिक दलहरुबाट अत्यधिक मात्रामा महिला, मधेशी, जनजाति, दलित, कर्णाली लगायतको क्षेत्रको प्रतिनिधित्व भएको र थ्रेसहोल्ड राखेर नेपाली समाजका यी उत्पीडित वर्ग र क्षेत्रको प्रतिनिधित्व घटाउने तथा आबाज मन्द बनाउने षड्यन्त्र भएकोले परिबर्तनलाई उल्टो दिशा फर्काउने सोंचबाट आएको यो प्रस्ताब स्वीकारयोग्य नभएको बताए ।
समानुपातिक निर्बाचन प्रणालीमा स्वत थ्रेसहोल्ड हुने भन्दै अबको निर्बाचनवाट कुनै पनि पार्टीले आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न थ्रेसहोल्ड बिना पनि करिब एक लाखको हाराहारीमा मत ल्याउन पर्ने र हाल संसदमा एक लाख मत कटाउने पार्टी १० वटा मात्र भएको भन्दै थ्रेसहोल्डले घुमाउरो पाराले नयाँ विचार र नया राजनैतिक दलहरुलाई प्रतिबन्ध लगाउन खोजेको दाबि गरे ।
अध्यक्ष ढकालले अहिलेको आबस्यकता भनेको राष्ट्रिय सहमति गरेर संविधानको कार्योनोयन तथा निर्बाचन गर्नु भएकोले यस्ता नयाँ बखेटा झिकेर निर्बाचनको बाताबरण बिगार्न खोजेकोमा चिन्ता ब्यक्त गरे । ढकालले रुपान्तरित ब्यबस्थापिका संसदको काम नया संबिधान अनुसार निर्बाचन गर्न अनिबार्य आबस्यक पर्ने कानुन निर्माण गर्ने भएकोले अनाबस्यक झमेलामा नफस्न प्रमुख राजनैतिक दलहरुलाई आग्रह समेत गरे । यसैबीच अध्यक्ष ढकाल र नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह बीच पनि भेटर्वाता भएको छ ।

Bhansar Bivag
Argakhachi Cement