५ चैत, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सामाजिक संञ्जाल मार्फत कुनै दलको विचार, दर्शन र कार्यक्रमलाइ कसैले प्रतिबन्ध लगाउन सक्दैन र मिल्दैन भन्ने तर्क प्रस्तुत गरेका छन् ।
अध्यक्ष ढकालले हिजोको हिन्दु राजतन्त्रात्मक ब्यबस्थामा धर्म निरपेक्ष र गणतन्त्र स्थापनाको एजेन्डा राखेर दल दर्ता गर्न मिल्थेन तर आजको गणतन्त्रात्मक ब्यबस्था हिजोको भन्दा अलि उदार र खुला भने हुनु पर्नेमा जोड दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका ढकालले समयमै आर्थिक प्रतिबेदन नबुझाउदाँ नियम संगत कारबाही नगरी दल नै खारेज गर्ने, हिन्दु राष्ट्र र राजतन्त्र शब्द उच्चारण नै गर्न नमिल्ने वा थ्रेशहोल्ड राखेर नयाँ विचार र समाबेशी लोकतन्त्रको प्रतिकुल काम गर्ने सबै प्रयासहरु मुलुकलाई थप मुठभेड र द्वन्द तर्फ धकेल्ने चिन्तन र प्रबृतिको उपज भएको उनले बताएका छन् ।
निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । निर्वाचन आयोगले यो निर्णय नसच्याए चुनावसमेत बिथोलिन सक्ने राप्रपाले चेतावनी दिएको छ ।
तर नेपालको संविधानको धारा २७० को उपधारा १ मा राजनीतिक दलको गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ भनेर लेखिएको छ ।
संविधानको धारा २७४ को उपधारा १ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन भनेर गणतन्त्र, धर्म निरपेक्षता लगायत बिषय संबिधानमा संशोधन हुन सक्ने गरि ढोका खुला राखिएको छ ।