स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का आठ जिल्लामा सोमवार सम्पन्न १ सय ३६ स्थानीय तहमध्ये राजविराजबाहेक सबैतिर मतगणना जारी छ।
पहिलोपोस्टलाई प्राप्त जानकारी अनुसार मतगणना भएको स्थानमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। नेकपा एमालेले कांग्रेसलाई पछ्याएको छ भने माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी पनि कडा प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाली कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ। नेकपा एमाले ९ स्थानमा, माओवादी केन्द्र र राजपा ६\६ स्थानमा अग्रता जोगाएका छन्। अन्य स्थानीय तहमा भने संघीय समाजवादी फोरम लगायतका दलहरुले अग्रता लिएका छन्।
म