दुई पर्यटन व्यवसायी संस्थाको एकीकरण

प्रकासित मिति: २३ भाद्र २०७३, बिहीबार १४:१६

काठमाडौँ, नेपाली काँग्रेसको राजनीतिक विचारधाराप्रति आस्था राख्ने दुई वटा पर्यटन व्यवसायी संस्थाबीच आज एकीकरण भएको छ ।

राष्ट्रिय पर्यटन व्यवसायी सङ्घ नेपाल(निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घबीच एकीकरण भई नेपाल पर्यटन व्यवसायी सङ्घ नेपाल(निट) बनेको हो ।

यहाँ आज आयोजित एकता घोषणा समारोहमा निट नेपालका अध्यक्ष दीपक महत र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रामशरण थपलियाले एकीकरणको घोषणा गर्नुभयो । एकीकरणपछि निटका अध्यक्षमा महत र सहअध्यक्षमा थपलिया रहनुभएको छ भने अन्य पदाधिकारी र सदस्यको मनोनयन छिटै गरिने सो अवसरमा जानकारी दिइयो ।

छ महिनाभित्र विधान पारित गरी नयाँ बन्ने कार्यसमितिमा सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी ५१ सदस्यीय हुने अध्यक्ष महतले बताउनुभयो । एउटै विचारधारा राख्ने व्यवसायीबीच विभाजन हुँदा पर्यटनका विभिन्न व्यावसायिक निकायको निर्वाचनमा पराजय भोग्नुपरेको र व्यवसाय विकासमा अनेक समस्या झेल्नुपरेकाले एकीकरण गर्नुपरेको उहाँको भनाइ थियो ।

सहअध्यक्ष थपलियाले लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्न एकताको विकल्प नभएको बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement