काठमाडौँ, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सडक दुर्घटना न्युन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको लिनुभएको सक्रियताको प्रशंसा गर्नुभएको छ ।
आज मन्त्री लेखकलाई प्रधानमन्त्री दाहालले दिनुभएको निर्देशनमा भनिएको छ, “दुर्घटना न्युनीकरणका सन्दर्भमा तत्कालै देखिने गरी सुधारात्मक कदम चाली लापर्वाही गर्नेलाई कानुनको दायरामा ल्याउन र सिन्डिकेट प्रणालीको अन्त्य गर्ने व्यवस्था मिलाउन र सोको प्रगति जानकारी गराउन निर्देशन गर्दछु ।”
सोमबार २७ जनाको ज्यान जाने गरी काभ्रेको बिर्ता देउरालीमा भएको दुर्घटनाले आफूलाई दुःखी बनाएको बताउँदै प्रधानमन्त्री दाहालले दुर्घटनामा परी घाइते भएकालाई सरकारले नै उपचार खर्चको व्यवस्था गरी उपचार गरिरहेको उल्लेख गर्नुभएको छ ।
कमजोर नियमन, व्यवसायीको शीघ्र आर्जन गर्ने चाहना, भारवहन क्षमताको पर्वाह नगरी यात्रु चढाउने, यातायातमा विद्यमान सिन्डिकेट तथा जसरी पनि खोजिमपूर्ण यात्रा गर्नु यात्रुको बाध्यताका कारण यस्ताखाले दुर्घटना हुँदै आएको बताउँदै प्रधानमन्त्री दाहालले यस प्रकारका घटना दोहोरिन नदिन पहलकदमी लिन मन्त्री लेखकलाई निर्देशन दिनभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुवँरले जानकारी दिनुभयो ।