मङसिर १३ काठमाण्डौं । नेपाल परिवार दलका अध्यक्ष एव बाम प्रगतिशिल गठबन्धनका नेता एकनाथ ढकालले देशभक्त नागरिकको रोजाइ वाम गठबन्ध नै भएको बताएका छन् । पार्टी कार्यालयमा बुधबार केन्द्रीय निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले ‘जनताले भरपर्दो राजनैतिक शक्तिको खोजी गरेकाले वाम गठबन्धन निर्माण भएको हो ।’
यही गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा स्थायित्व र आर्थिक संमृद्धि ल्याउने ढकालले स्पष्ट पारे । पूर्वमन्त्री समेत रहेका ढकालले वाम प्रगतिशील गठबन्धन निर्माण पश्चात् पश्चागामी, यथास्थितिबादी र अतिवादीबाहेक सम्पूर्ण अग्रगामी देशभक्त नागरिक खुशी भएको तर्क गरे ।
उनले परिवार दलले अन्य सबै पक्षसँग समन्वयकारी भूमिका खेल्ने भन्दै मूलय मान्यताको राजनैतिक संस्कारको विकास गर्नमा जोड दिए ।
अध्यक्ष ढकालले सबल राष्ट्रियता, संविधानको कार्यान्वयन, आर्थिक विकास, दिगो शान्ति, लोकतन्त्रको सुदृढीकरण तथा नैतिकवान् समाज सृजना गर्न परिवार दल सक्रिय रहेको बताए ।
दलका केन्द्रीय सदस्य एवम् काठमाण्डौ जिल्ला अध्यक्ष लक्ष्मी प्रशाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा दलका महामन्त्री बिनोद डाँगी, कोषाध्यक्ष एव पूर्व सांसद मिलन कुमारी राजबंशी , प्रदेश न. ३ का संयोजक गणेश कुमार श्रेष्ठ, प्रदेश ६ का संयोजक रुपसिह भण्डारी अतिउत्तम सहकारी संस्थाकि अध्यक्ष मनिता पुन लगायतले बलियो तथा स्थीर सरकार निर्माण गरी देशलाई आर्थिक समृद्धिमा लैजानको लागि बाम प्रगतिशिल गठबन्धनलाई मतदान गर्न सबैमा आग्रह गरे ।