Flash News राजनीति समाचार 

देश आर्थिक विकासमा अगाडि बढ्दै छ : नेता श्रेष्ठ

गोरखा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले देश विकास र समृद्धिको दिशामा अघि बढेको बताउनुभएको छ ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिका– १ का वडा कार्यालय भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “विभिन्न आन्दोलनबाट प्राप्त भएका राजनीतिक उपलव्धीलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माण गर्नु वर्तमान सरकारको पहिलो प्राथामिकता रहेको छ ।”

प्रवक्ता श्रेष्ठले मुलुकमा बढ्दो महङ्गी, भ्रष्टाचारलगायतका समस्या न्यूनीकरणका लागि सरकारले प्राथामिकतमा राखेर काम अघि बढाएको उल्लेख गर्दै भ्रष्टाचार न्यूनीकरण नहुँदासम्म विकास निर्माणले गति लिन सक्दैन भन्नुभयो ।

निर्वाचनमा कम्युनिष्ट पार्टीलाई जनताले गरेको विश्वासलाई कुनै पनि हालतमा कुठाराघात हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उहाँले सरकारले विकास निर्माणको कामलाई सङ्घ प्रदेश र स्थानीय सरकारमार्फत अघि बढाएको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “स्थानीय सरकारबाट गर्न सक्ने काम स्थानयि सरकारबाट नै हुन्छ, त्यो भन्दा ठूला विकास निर्माणका आयोजना प्रदेश सरकार र सङ्घीय सरकारले गर्छ,”

पूर्व उपउप्रधानमन्त्रीसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले गोरखा र धादिङको सीमानामा निर्माण हुन लागेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजनालाई सरकारले विशेष प्राथामिकता राखेको भन्दै आयोजना निर्माण हुनेमा शङ्का गर्न नहुने बताउनुभयो ।

“बुढीगण्डकी जलविद्युत् आयोजनाले गोरखा र धादिङमात्रै होइन, यसले समग्र नेपालको आर्थिक समृद्धिमा टेवा पु¥याउँछ, त्यसैले सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण गर्ने गरी प्राथामिकतामा राखेर काम गरेको छ”, उहाँले भन्नुभयो ।

Related posts

Leave a Comment