देश र जनताको अहितमा कुनै पनि काम गरेको छैन् : एकनाथ ढकाल

प्रकासित मिति: २७ मंसिर २०७५, बिहीबार १६:२०

यहि मंसिर १५ र १६ गते राजधानीको हयात होटलमा ‘एशिया प्रशान्त शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । सम्मेलनलाई केहि ब्यक्तिहरुले बिबादितको संज्ञा दिएपनि यो सम्मेलन लाई नेपालको पर्यटन बिकास र मुलुकको शान्ति प्रकृयाको बारेमा बिश्वलाई चिनाउने राम्रो असर मिल्यो ।
सम्मेलन पश्चात नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल र सम्मेलन आयोजक संस्था युनिभर्सल पिस फेडेरेशनका एकनाथ ढकाललाई सामाजिक सञ्जालमा बिना आधार चौतर्फी गालीगलौज समेत गरियो । केही संञ्चारमाध्यमले बिना आधार समाचार तयार पारि प्रसारण गरे जसमा आयोजक संस्थाको कुनै भनाई समाबेस गरिएको छैन् ।
सम्मेलनले बिश्वमा छाडेको सन्देस लगायत बिबादका बारेमा केन्द्रीत रहेर युनिर्भसल पीस फडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालसँग गरिएको कुराकानी

समिट सकिएको एकसाता बित्यो तैपनि विभिन्न खाले टिक्काटिप्पणी भइरहेका छन् ?

– एशिया प्यासिफिक समिटमा सामान्य परिघटना होइन । विश्व नेताहरुको जमघट भएको कारणले गर्दा यो एउटा ओजनदार कार्यक्रम हो । धेरै अन्य राष्ट्रहरुले यो कार्यक्रम होस्ट गर्न चाहानु भएको थियो । पछिल्लो समय नेपालमा शान्ति प्रक्रिया सफलतापूर्वक सपन्न भएको छ । देश स्थायीत्व र आर्थिक समृद्धि तर्फ दिशान्मोख भइरहेको सन्दर्भमा यी कार्यक्रमहरुले अन्तर्रा्ष्ट्रिय एक्यबद्धता प्राप्त गर्नका लागि, नेपालको शान्ति प्रक्रियालाई अन्र्रा्ष्ट्रिय एक्यबद्धता प्राप्त गर्नका लागि, पर्यटन वर्ष २०२०लाई सहयोग पुर्याउनका लागि पनि भएको हो । सम्मेलनले अहिलेमात्रै होइन दिर्घकालिन महत्व राख्छ । ४५ देशबाट १५ सय जना पाहुँनाहरु नेपालमा आए यसले विश्व मन्चमा नेपालको पहिचान बनेको छ ।
सम्मेलन आयोजनाका बिषयहरुमा पनि कुरा उठेनी ?

नेपालको पूर्वाधार हेर्दा पनि यत्रो ठूलो सम्मेलन सम्पन्न बनाउन धेरै चुनौती थिए । उद्घाटन सत्रमा २ हजार पाहुँनालाई बोलाएका थियौँ । तर, उहाँहरुलाई राख्ने कुनै हल नेपालमा थिएन । हामीले भारतदेखि सामग्री ल्याएर विशेष अस्थायी प्रकृतिको हल हयात होटलको टेनिसकोटमा निर्माण गर्यौँ । अभावका बावजुत पनि नेपालको अतिथि देवो भव. भन्ने संस्कार भएका कारण कार्यक्रम राम्रो भयो । यस्ता ठूला महत्वका कार्यक्रमहरु सरकारसँगको समन्वयमा नै गरिन्छ । सरकारको समन्वय नभइकन यस्तो कार्यक्रम कहिँ हुनसक्दैन ।
तर सम्मेलनलाई धर्म सँग जोडेर हेरियो नी कारण ?

युनिभर्सल पिस फेडेरेशन संयुक्त राष्ट्र संघबाट जेनेरल कन्सलटेटिभ मान्यता प्राप्त संस्था हो । त्यो स्ट्याटस त्यसै दिँदैन । युनिभर्सल पीस फेडेरेशन के हो भनेर त्यसको वेभसाइटमै हेरेर पनि एउटा निष्कर्शमा पुग्न सक्छौँ । अवश्य पनि यसको संस्थापक फादर मुन र मोदर मुननै हुनुहुन्छ । तर, युपिएफ कुनै धार्मिक संगठन होइन । यो सुद्ध सामाजिक संगठन हो । प्रमुख उद्देश्य भनेकै संयुक्त राष्ट्र संघको दिगो विकासको लक्षहरुलाई सहयोग गर्नु हो । यो कार्यक्रमको लक्ष पनि हो । नेपालमा जसरी बहस श्रृजना गरियो यो राजनीतिकरण हो । जो–जो साथीहरुले बहस सृजना गर्नुभएको छ । तत्कालि प्रधानमन्त्री नरेन्द्र प्रसाद रिजालले अमेरिकामा भएको कार्यक्रममा फादर मुनसँगै सहभागीता जनाउनुभएको थियो । योगी नरहरिनाथ यो कार्यक्रममा सहभागी हुनुभएको छ । कृष्णप्रसाद भट्टराई मनोमहन अधिकारीदेखि लिएर सबैले विश्वका मञ्चहरुमा सहभागीता जनाउदै आउनुभएको छ । मात्र अहिले नेपालमा यो कार्यक्रम गर्न सफल भयो । अन्य देशका राजनेताहरुलाई नेपालमा बोलायौ । अरु देशमा यस्ता खालको कार्यक्रम हुँदा गलत खालको बहस सृजना भएको थिएन । यस अर्थमा मलाई दुःख पनि लागेको छ ।

यति राम्रो सम्मेलनको बारेमा बिबाद किन झिकिएको होला त ?

संसारमा यो स्तरमा काम गर्ने कुनै पनि अभियानहरु विवादरहित हुँदैनन् । हाम्रो राजनेताहरु पनि जेलनेल नगएको को छ ? अहिले कांग्रेसमा विवाद छैन त ? विवादित कांग्रेस भनेर लेख्ने ? नेकपामा विवाद छैन र ? अनि विवादित नेकपा भनेर लेख्ने ? कुन धर्ममा विवाद छैन ? कुन संस्थामा विवाद छैन ? विश्वमा कार्यक्रम सञ्चालन गर्ने संस्थाको बारेमा विवाद भन्दा पनि बहस हुन्छ ।

फादरमुन र मदरमुनले पनि यो अभियानलाई कोरियाबाट अन्तर्रा्ष्ट्रियकरण गर्ने सन्दर्भमा अमेरिकामा लैजाने क्रममा सुरुका दिनहरुमा विवाद भएका हुन् । नभएका होइनन । त्यो इतिहास भइसक्यो । हिजो नेपालमा कुनै समयमा नेताहरुलाई आतङककारीको बिल्ला भिराइएको थियो । आज उहाँहरु प्रधानमन्त्री भइसक्नुभएको छ । अहिले त जनताले स्वीकार गरिसकेको अवस्था छ । अमेरिकाले फादरमुनलाई सुरुका दिनमा आफ्नो विश्वास र आदर्शलाई प्रचार गर्नुभयो त्यस बापत उहाँ जेलमा पनि जानु भो । तर त्यही अमेरिकाको कंग्रेसले पुरस्कार र सम्मान दिएको छ ।
फादरमुनलाई र कम्युनिष्ट विरोधी भन्ने गरिन्छ नी ?
फादरमुनको आफ्नै दर्शन र सिद्धान्त छ । कतिपय ठाउँमा उहाँको विचार मेल खान पनि सक्छ । कतिपय ठाउँमा मेल नखान पनि सक्छ । सबै मानिसहरुको एउटै विचार हुँदैन । हरेक मानिसहरुको आ–आफ्नो विचार हुन्छ । अन्तर्रा्ष्ट्रियस्तरका कम्युनिष्ट नेताहरुसँग सहकार्य पनि गर्नुभएको छ । फरक विचार लियो भन्दैमा खेदो खन्नु त राम्रो भएन नि ?
प्रधानमन्त्री ओलीलाई पनि सम्मान गर्नु भयो नी यसको पनि ठूलै चर्चा छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा जेलनेल भोग्दै गर्नुभएको आजसम्मको योगदानको कदर गरेर दिइएको सम्मान हो । आयोजक कमिटीमा पनि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री पूर्व सभामुखहरु रहनुभएको छ । विश्वको बौद्धक टिमले गरेको निर्णय हो । तुरुन्त गरेर दिएको सम्मान होइन । प्रधानमन्त्रीलाई पुरस्कार दिने कुरा पूर्व घोषित कार्यक्रम हो ।
न बिराउनु न डराउनु । पवित्र भावनाको साथ यो सम्मेलन गर्यौ । त्यसमा हामी पूर्ण रुपमा सन्तुष्ट छौ । यस सम्मेलनका घोषित एजेण्डाहरु छन् । काठमाडौं घोषणापत्र जारी गर्यौ । जलवायु परिवर्तन घोषणापत्र जारी गर्यौ । त्यस भन्दा बाहेकका धार्मिक विषयवस्तुसँग जोडिएर आएका सम्पूर्ण विषय म खण्डन गर्न चाहुन्छ । यसमा कुनै पनि सत्यता छैन् । दुई दिनसम्म चलेको सम्मेलनमा एउटा सेसन अन्र्तधार्मिक सेसन थियो । त्यसमा सबै धर्मका धर्मगुरुहरुले आ–आफ्नो विचार राख्नुभएको छ । विश्वमा देखिएको चुनौतीको सामना गर्न धार्मिक गुरुहरुको भूमिका के हुन्छ त ? यसमा के भूमिका खेल्नु पर्छ ? भन्ने विषयमा बहस र छलफल भयो । नेपालबाट डा. चिन्तामणि योगीले बोल्नुभएको छ । यो त एउटा शिखर सम्मेलन हो । धर्म प्रचार गर्नको लागि यत्रो कार्यक्रम गर्नुपर्ने जरुरी थिएन । त्यही रुपमा बुझिदिन आग्रह गर्छु ।
आफु असुरक्षित भएको भन्दै सुरक्षा माग गर्नुभएछनी ?
सम्मेलन पछि गाली गलोज गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, मानपर्दन गर्ने लगायत विविध कुरा आएका छन् । मानसिक यातना दिने काम भएका छन् । यी कामहरुको म निन्दा गर्न चाहन्छु । विश्व शान्ति, विश्व भातृत्व र देशभक्त नागरिकको रुपमा अगाडि बढने कुरालाई म त्यस्ता कुराबाट विचलित हुन्न । मे के प्रष्ट रुपमा भन्न चाहन्छु–ती आरोपहरु पुष्टि गर्न चुनौती दिन्छु । देश नेपाली जनता र राष्ट्रको अहितमा कुनै काम भएको छ भने एकनाथ ढकाल डुडिखेलमा भुण्डिएर मर्न तयार छ । कहिले पनि मैले देश र जनताको अहितमा कुनै पनि काम गरेको छैन् । सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि एसिया प्यासफिक सम्मेलनले देश शिर उच्च बनाएको कुरा बताउनुभएको छ ।

फादर मुनको विर्य हालेको वाइन खुवाएको चर्चा के हो नि ?

पीस एण्ड फेमिली फेस्टिवल भन्ने कार्यक्रम थियो । समिट भन्दा बेग्लै हो । त्यो कार्यक्रममा श्रीमान श्रीमती बालबच्चा सबै आउने नै भए । त्यो कार्यक्रमको शिर्षक थियो–असल परिवार समृद्ध राष्ट्र । नेपाल सरकारले अहिले सुखी नेपाली समृद्ध नेपाल भनेको छ । त्यसमा अन्तर्रा्ष्ट्रिय मान्छे पनि आउने भएका कारण समृद्ध नेपाल भन्न मिलेन त्यसैले ‘असल परिवार, समृद्ध राष्ट्र’ भनेर हामीले पिस एण्ड फेमिली फेस्टिबल गरेका हौँ । त्यसको कामना के गरी गर्ने भन्ने बहस भयो ।सबैलाई हुने भएकाले सुन्तलाको रसमा चियर्स गरेका हौँ ।

हाँक जा मुनलाई जीजसको छोरी घोषणा गर्नु भएको भन्छनी नि ?

मदर मुनले भन्नु भएको थियो–म एउटा इश्वरीय छोरीको रुपमा संसारमा शान्ति समृद्धि र भातृत्व कायम गर्न आएको हुँ ।’ उहाँले कतैपनि जीजस क्राइस्टको छोरी भनेको कुरा मैले कहीँ पनि सुनेको छैन । विभिन्न धर्म संस्कृतिका मान्छे आएपछि आ–आफ्नो परम्परा अनुसार प्रस्तुत हुने हो । तर, यहाँ जीजसको छोरी घोषणा गरेको कुरा लेखियो । यो सत प्रतिशत झूटो कुरा हो । जसको विहे भएको छैन छोरी कहाँबाट आउँछ ? यस्ता हावादारी कुरा पनि सन्चार माध्यममा आयो जसले मलाई चिन्तीत बनाएको छ । यसले सञ्चार माध्यमको विश्वसनियता धेरै घटेको छ ।

Bhansar Bivag
Argakhachi Cement