दोस्रोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल प्रशिक्षण सुरू

प्रकासित मिति: २५ चैत्र २०७४, आईतवार १४:३९

‘युवा देशको भार हैन आधार बन्नुपर्छ’

काठमाडौं  राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध भएर लोकप्रिय बन्दै गएको मार्सल आर्टस्सम्बन्धी खेल तङ्ग–इल मो–दो संघले नेपालमा पनि सफलता हात पार्दै गएको छ । केही वर्षअगाडि मात्रै यो खेल राष्ट्रिय खेलकुद परिषद्मा १२८ नंम्बरमा दर्ता भएको थियो ।
नेपालमा दोस्रोपल्ट १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम आइतबारबाट सुरु भएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा यही चैत्र २५ देखि विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र, जोरपाटीमा प्रशिक्षण भइरहेको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्वमन्त्री एकनाथ ढकालले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएकोमा गर्व गरे । उनले भने, ‘युवाहरू देशको भार हैन आधार बन्नुपर्छ । खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने हुँदा यसको विकासमा सबै लाग्नुपर्छ ।’
खेल लगायत जुन सुकै क्षेत्रमा पनि जित र हार एक सिक्काका दुई पाटा भएको बताउँदै हारबाट नआत्तिन र जितबाट नमात्तिन अध्यक्ष ढकालले सबैलाई आग्रह गरे । उनले अरूलाई सम्मान गर्न सके मात्र आफूले सम्मान पाउने बताउँदै गर्दै अब सानो चित्त र मानसिकता तोडेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । आफूले सिकेको ज्ञान र सिप अरूलाई समेत बाँडन उनले प्रशिक्षार्थी सबैलाई आग्रह गरे ।
समारोहमा अर्का वक्ता युपीएफ नेपालका महासचिव विनोद डाँगीले १२० दिने तालिमको उद्घाटनमा आउन पाएकोमा खुशी व्यक्त गर्दै खेलाडीले सिकेको सिप राष्ट्रको सम्पत्ति रहेको बताए ।
यसैगरी, एफएफडब्लुपीयू सेन्ट्र«ल एशियाका उपाध्यक्ष डा. छान् उक युनले खेलको माध्यमबाट युवावर्गमा नैतिक शिक्षा दिन सकिने र यसका लागि तङ्ग–इल मो–दो सफल हुँदै गएको बताए । यो खेलको माध्यबाट शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउनमा यस प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलकुद स्वस्थ जीवन, अनुशासन, राष्ट्रको गौरवका लागि महत्वपुर्ण हुनेबारे प्रकाश पारे । उनले खेलाडीहरू देशका गहना र शक्ति रहेको बताए ।
तालिममा सहभागी खेलाडीहरूलाई मार्सल आर्टका अलवा अग्रेजी तथा कोरियन भाषा प्रशिक्षण, सरसफाई, सामाजिक उतरदायित्व , व्यक्तित्व विकास, बाढीपीडितलाई राहत संकलनलगायत सामाजिक कार्यमा समेत सहभागिता गराइने राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारीले बताए ।
प्रशिक्षणमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका १३० जना युवा–युवतीहरूको सहभागिता रहेने छ ।

Bhansar Bivag
Argakhachi Cement