मोरङ, फागुन ८ । शान्ती, सुशान र समृद्धिको लागि दोस्रो मनमोहन बुढिगङ्गा फुटबल कप २०७४ फल्गुण १२ देखि १९ सम्म हुने भएको छ । सो फुटबल प्रतियोगितामा मोरङका ४ वटा क्लब र सुनसरीका ४ वटा फुटवल क्लबहरुको सहभागी रहेको जानकारी फुटबल कप २०७४ का सयोजक मुकेश चौधरीले जानकारी दिए ।
हरेक वर्ष खेलाईने यो कप युवामा जोस जागर र खेललाई प्रवर्द्धन र सरक्षण गर्ना , युवाहरु लाई टिम विल्डिङ र सकारात्मक बिकाशका लागि खेलाइन्छ। खेलमा युवा, नेतृत्वमा युवा र देश निर्माणमा युवा भन्ने नाराका साथ युवाको चिनारी लाई यो फुटबल खेल मार्फत उजागर गर्ना मनमोहन कलेज र बुढिगङ्गा गाउँपलिका को प्रबर्द्धन र सरक्षणमा आयोजना गरिएको जानकारी मनमोहन प्रतिस्ठान सदस्य सत्य नरायण चौधरी जानकारी दिए ।
खेल प्रतिको आकर्षण र लगाव लाई मध्यनजर गदै त्यस खेलबाट राष्टिय खेलाडि उत्पादन गर्ने सकिने बिश्वास मनमोहन कलेजका प्रिन्सीपल डा.सुवस श्री पोख्रेलले बताए । फुट्वल कप २०७४ को आयोजक समितिमा सयोजक मुकेश चौधरी , सचिव रिता न्यौपाने , कोषाध्यक्ष मो. हजरत अलि, सदस्यहरु , अशोक कुमार चौधरी , निर्चन्द्र चौधरी , त्रिलोचन तिम्सिना , डिल्लिराम अचार्य र शंकर चौधरी रहेका छन् भने समितिको प्रमुख सल्लाहकारमा डा. सुवास श्री पोख्रेल र सल्लाहकारहरु सत्यनारायण चौधरी , बिरेन्द्र कुमार माझी, बलभद्र सरदार, गोपाल कटुवाल, भरत लाल चौधरी , सन्त कुमार राई, बैजु बिस्वास , मकर बुढाथोकी , राज कुमार पौडेल र पदम कार्की रहेका छन् । आयोजक समितिले खेललाई सफल र भव्य बनाई दिन हरेक संघ सस्था , कलकारखाना लगायत सम्पूर्णमा आवहाँन गरेको छ ।