धनपाल माविको व्यवस्थापन समिति अध्यक्षमा गिरी

प्रकासित मिति: ११ माघ २०७५, शुक्रबार १६:५९

बेलबारी ५ स्थित धनपाल माविको व्यवस्थापन समितिले पुर्णता पाएको छ । व्यवस्थापन समितिको अध्यक्षमा नन्दराज गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष चयन भएका गिरी सोही विद्यालयका पुर्व सहायक प्रधानाध्यापक हुन् । व्यवस्थापन समिति सदस्यहरुमा ध्यानबहादुर बन, दिनेश चौधरी,केवित्रा गिरी,कौशिला थापा , देविका भट्टराई,राधिका कोइराला र कमला गिरी रहेका छन् । समितिको सदस्य सचिव प्रधानाध्यापक कौशलकुमार सिंह राई रहेका छन् ।अविभावक मध्येबाट छानिएका २ जना महिला सहित ४ जना, वडा समितिले सिफारिस गरेका १ जना,नगर प्रमुखले मनोनित गरेका एक महिला सहित २ जना गरी ७ जना मध्येबाट अध्यक्ष छान्ने प्रावधान छ ।

Bhansar Bivag
Argakhachi Cement