“धार्मिक एकता भए मात्र समृद्ध समाज”

प्रकासित मिति: २ चैत्र २०७३, बुधबार १७:१३

पूर्वमन्त्रि ढकाल र बुद्धिष्ट धर्मगुरु कालसाङ्ग लामाबीच भेट
२ चैत, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्रि एकनाथ ढकालले बुद्धिष्ट धर्मगुरु कालसाङ्ग लामासँग शान्ति, मेलमिलाप र सामाजिक सदभाब अभिबृद्धि गर्न धार्मिक क्षेत्र र धर्मगुरु हरुको भूमिकाको बारेमा छलफल गरेका छन् ।
बुधबार स्वम्भुको बुद्धधर्म महाबिहारमा भएको भेटघाटमा मुलुकमा सामाजिक सदभाब अभिबृद्धि गर्न धार्मिक क्षेत्र र धर्मगुरुहरुको भूमिकाको बिषयमा छलफल भएको भेटमा सहभागी परिवार दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए ।
उनका अनुसार धार्मिक एकता भए मात्र समृद्ध समाज निर्माण गर्न सकिने बारेमा छलफल भएको थियो । भेटमा ढकालले मुलकमा बढदै गएको राजनीतिक संकटको निकासमा धार्मिक क्षेत्रका अगुवाहरुको भूमिका महत्वूर्ण रहेकोमा जोड दिदै धर्मगुरु कालसाङ्ग लामाले बुद्धको शान्ति सन्देश बिश्वभरी फैलाएकोमा प्रंशसा गर्नु भएको थियो ।
बुद्धिष्ट धर्मगुरु कालसाङ्ग लामाले सबैलाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिदै बुद्ध नेपालमै जन्मेकोले नेपालबाटै बिश्वमा शान्तिको सन्देश फैलाउन सकिने बताए । उनले लोभ र बाध्यताका कारण पछिल्लो समयमा धार्मिक बिचल आएको भन्दै अनुशासित भएर आफुले पाएको जिम्मेबारी सहि रुपमा पुरा गर्नुपर्नेमा उनको जोड थियो ।
सोही अवसरमा पूर्वमन्त्री ढकालले विभिन्न युवा संगठनका अगुवाहरुसंग पनि अन्तरक्रिया गरेका थिए । युथ इनिसियटीभ, विश्व शान्ति युवा संघ लगायतका सस्थाका युवा नेता हरुसंग सामुहिक भेटगरी ढकालले देशभक्ति, सार्बजनिक सोंच र मुल्यमान्यताको अनुशरण गर्न तथा राष्ट्र निर्माणको महाअभियानमा आआफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement