Flash News बिचार / ब्लग 

धार्मिक सद्भावका लागि नेपाल बिश्वकै नमुना : पर्यटन मन्त्री अधिकारी

काठमाण्डौ । धार्मिक सद्भावका लागि नेपाल बिश्वकै नमुना रहेको पर्यटनमन्त्री रबिन्द्र अधिकारीले बताएका छन् । आईतबार राजधानीमा आयोजित शान्ति र बिकासका लागि अन्तरधार्मिक संघ नेपालको शुभआरम्भ गदै यस्तो बताएका हुन् । मन्त्री अधिकारीले बिश्वमा धर्मका नाममा बिभिन्न द्धन्द्ध चलिरहेका भन्दै धर्मका नाममा झगडा गर्न नहुने बताए । उनले सबै धर्म र समुदाय मिलेर नेपालको बिकासमा लाग्नु पर्ने बेला आएको बताए ।
मन्त्री अधिकारीले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० सफल बनाउन धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल पर्यटको लागि धार्मिक हव समेत रहेको बताए ।
नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सबै धर्मले शान्ति चाहेपनि अहिले द्धन्द चलिरहेको भन्दै समाजमा र देशमा भएका साझा समस्याहरुलाई सबै धार्मिक नेतृत्वहरुले मिलेर समाधान गनुपर्नेमा जोड दिए । ढकालले नेपालको धार्मिक सद्भावको लागि शान्ति र बिकासका लागि अन्तरधार्मिक संघ कोशे ढुगा साबित हुने बताए । कार्यक्रममा डा.चिन्तामणी योगी, युपीएफ एशियाका अध्यक्ष डा. चङ सिक योङ, डा रोर्बट एस किट्टेल, डा. केबी रोकाय, दामोदार गौतमा,डा.मिलन रन्त शाक्य लगायतले समाजमा स्थायी शान्ति र दिगो बिकासको लागि धार्मिक समुदायबीच सद्भाव हुनुपर्नेमा जोड दिएका थिए ।
शुभआराम्भ समारोहमा हिन्दु, क्रिश्चियन, ईसाई ,जैन , बहायी, बुद्धिष्ट लगायत धर्मका अगुवाहरु सहभागिता रहेको कार्यक्रमका संयोजक पियारत्न मर्हजनले जानकारी दिए ।

Related posts

Leave a Comment