छाँया नेपाल (आचार्य)
नेपालको राजनीतिक आन्दोलनमा महत्वपूण भुमिका खेल्ने र राजनीतिलाई नयाँ मोड दिने २०३३ सालमा भएको नख्खु जेल विद्रोहका एक योद्धा माधव पौडेलवाम गठबन्धनबाट एमालेको तर्फबाट ललितपुर–क्षेत्र नंं २ (क) को प्रदेशसभा उम्मेदवार भएपछि नक्खु जेल विद्रोहलाई धेरैले सम्झन थालेका छन् । गोपाल शाक्य, सीपी मैनाली लगायतका धेरै नेतासँग जेल ब्रेक गर्ने र सिन्धुपाल्चोक पिस्कर हत्याकाण्डको नेतृत्व गरेका नेता पौडेल ४१ वर्षे आफ्नो राजनीतिक संघर्षको आधारमा प्रदेश नम्वर ३ को मुख्यमन्त्रीको दावी गरिरहनु भएको छ ।
स्थानीय तहको निर्वाचनमा ललितपुर–क्षेत्र नंं २ (क) मा खसेको मतको आधारमा अत्यधिक मत अन्तरले जित्ने उहाँको दावी छ । त्यो भन्दा पनि अहिले संयुक्त बाम गठबन्धनले सारेको साझा घोषण पत्र र सञ्चालन भैरहेको चुनावी अभियानका आधारमा धेरै उत्साह थपिएको उहाँको भनाई छ । चुनाव निश्चित रुपमा जित्ने दावी एमालेका कार्यकर्ताहरुले पनि गरिरहेका छन् । अहिले घर दैलोमा जादा कार्यकर्ता र आम मतदातामा पनि उत्साह पाएको उनिहरु बताउछन् । विगतमा वामपन्थी शक्तिमा फुट आएर बिचलित भएका धेरै साथीहरु हामिलाई साथ दिन फर्कनु भएको छ, पौडेल बताउनुहुन्छ । म मात्रै जित्ने होइन ललितपुर पुरै बाम गठबन्धनले जितेर फेरी लाल किल्ला बन्ने सुनिश्चित भैसकेको छ पौडेलको दावी छ ।
बिसं २०२७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको १ वर्षमै पक्राउ परेर जेल जीवन बिताएका उनी एमालेका उच्च तहका नेतहरुकै सहयात्री हुन् । २०२८ को जदुवा हत्याकाण्डमा रामेश्वर र कुशेश्वर दुईजना विद्यार्थी मारेको घटनाको बिरोधमा न्युरोडमा प्रदर्शन गरेर पर्चा वितरण गर्दा पौडेल लगाएतका दर्जन भन्दा बढि नेताहरु पक्राउ परेंका थिए । त्यसपछि ३१ सालमा फेरी तीन महिना पौडेल जेलमा परे ।
पार्टी र विद्यार्थी संगठनको तर्फबाट २०३२ मा राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको नारा भएको पर्चा छर्ने क्रममा प्रहरीले पक्राउ गरेर धेरै नेताहरुलाई जेल हाल्यो, लामो समय नख्खु जेलमा नेताहरुको समय बित्यो । जेलमा रहेका पौडेल लगायत केपी ओली, मोहन चन्द अधिकारी, राधाकृष्ण मैनाली, नरेश खरेल, भीष्म धिमाल, घनेन्द्र बस्नेत, जीवन मगर, मनकुमार गौतम, भारतीय नक्सलाइट आन्दोलनका नेता निमु सिंह भनिने राजन राजवंशी लगायतकासबै नेता मिलेर जेलब्रेक गरेर बाहिर निक्लने योजना बनाए । ३२ दिनपछि अर्थात् २०३३ चैत १२ गते बिहान ४ बजे नै सुरुङ तयार भयो । त्यो रात ठूलो हावाहुन्डरी चलेको थियो । जेल बाहिर बत्ति धेरै बलेकोले पहिले बत्ति निभाउनका लागि माधव पौडेल, बिरबहादुर लामा र सीपी मैनालीलाई बाहिर पठाउने निर्णय भयो । बत्ति निभाउने जिम्मा पाएका नेताहरु बाहिर निक्लने बित्तिकै हावा हुण्डरी चलेको थियो । जेलभित्र मात्र होइन, बाहिरका सबै बत्ती निभे पछि सबै नेताहरु सुरुङबाट बाहिर निक्लीन सफल भए । त्यतिबेला सरकारले उहाँहरुलाई अवैधानिक गतिविधि र उग्रवादी कम्युनिस्ट गतिविधि गरेको आरोप लगाएको थियो ।
देशको बिकासका लागि तल माथि जहाँ बसेर काम गर्दा पनि फरक छैन भन्ने भावना राख्ने पौडेल तल्लो तहमा अधिकार जानु पर्दछ भनेर लामो समयदेखी वकालत गर्दै आउनु भएको छ । पार्टीले जस्तो जिम्मेवारी दियो त्यसै अनुसार काम गर्दै जाने सोझा तथा इमान्दार नेताका रुपमा उनी चिनिन्छन् । अहिले पनि उनीसंग राजनीति गरेका धेरै नेताले प्रतिनिधिसभामा निर्वाचन लडिरहदा उनिले प्रदेशलाई स्वीकार गर्नुलाई उनको लचकता भन्न सकिन्छ । तर पौडेललाई तल्लो तहमा कार्यकारी भएर काम गर्दा नै बास्तबिक जनताको समस्या बुझ्न सक्ने र बिकासका काम गर्न सक्ने भन्ने बिश्वास छ । उनी २०४९ सालमा जिल्ला बिकास समिती ललितपुरको सभापतिमा निर्वाचित भए र त्यसपछि फेरी २०५४ सालमा पनि सभापतिमा निर्वाचित भए । १० वर्ष स्थानिय निकायमा काम गर्दा आफुलाई तल्लो तहको नेतृत्व गर्नु पर्दोरहेछ भन्ने भावना जागृत भएको पौडेल बताउछन् । हुनत उनिले केन्द्रिय राजनीतिमा पनि राम्रै स्थान हासल गरेर बिभिन्न अवसरहरु पाएकै छन् । पार्टीको केन्द्रिय अनुशासन आयोगको सदस्यको रुपमा ५ वर्ष काम गरेका छन्, अहिले पार्टीको केन्द्रिय निर्वाचन आयोगको सचिवको रुपमा कार्यरत छन्, पार्टीको केन्द्रिय राज्य व्यवस्था विभागको सदस्य पनि भैसकेका छन् । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विकास परिषद, विकेन्द्रिकरण समिति, विकेन्द्रिकरण कार्यान्वयन तथा अनुगमन समिति, स्थानिय निकाय वित्तिय आयोग र उच्चस्तरीय स्थानिय विकेन्द्रिकरण कार्यदल लगाएत धेरै राष्ट्रिय स्तरका संघ संगठन र निकायमा बसेर काम गर्ने अवसर उहाँलाई प्राप्त भएको छ ।
म १० वर्ष स्थानीय तहको कार्यकारी नेतृत्वमा बसेर ललितपुरको विकासमा ठूलो योगदान गरेको उहाँ दावी गर्नुहुन्छ । ललितपूरको ८० प्रतिसत भुभाग ओगटेको दक्षिण ललितपुरमा, बाटोघाटो, स्कुल, बिजुली खानेपानी लगायतका क्षेत्रमा काम गरि त्यहाँको सामाजिक, आर्थिक विकासमा उहाँको योगदान रहेको पाईएको छ । ग्वार्को मानेदोभान हुदै, पनौंतीबाट तराई जोड्ने राजमार्ग निर्माणको अभियान चलाउने काम उहाँले नै गर्नु भएको थियो । एक लाख १६ हजार आन्तरिक स्रोत भएको ललितपुर जिल्ला बिकास समितिको स्रोतलाई १२ करोडमा पुराएको भनेर जिबिस ललितपूरले उहाँको प्रसंम्सा गरेको एक पुस्तकमा देख्न सकिन्छ । सभापति भएका बेलामा स्थानिय निकायमा न्युन रकम प्राप्त हुन्थ्यो, अधिकार पनि कम थियो, अनि सरकार पनि आफ्नो पार्टीको थिएन, तैपनि सिमित स्रोत साधनमा धेरै काम गर्न सके पौडेल बताउनु हुन्छ ।
केन्द्रको अधिकार तलसम्म आउनुपर्छ भनेर करिब २५ वर्षदेखि अधिकारको वितरणका विषयमा आन्दोलन गरिरहेकोले उहाँको अभियानले ललितपुरलाई मात्रै होइन पुरै देशलाई फाईदा पुराएको छ । २०५१ सालमा जिविस महासंघको उपाध्यक्ष हुँदै २०५४ मा अध्यक्ष भएको र हालसम्म पनि केन्द्रिय कार्यसमितिमा रहेर काम गरिरहनु भएको छ । अहिले पनि ललिपुरको २ नं क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन भनेर लाँकुरी भञ्ज्याङ पर्यटन विकास समितिको अध्यक्ष भएर काम गरिरहेका पौडेलपाटन क्षेत्रलाई साँस्कृतीक र ऐतिहासिक नगरको रुपमा संरक्षण र बिकास गर्नका लागि प्रयत्नरत हुनुहुन्छ ।
तपाईलाई प्रदेश नं तीनको मुख्यमन्त्री दिन्छन त भनेर गरेको प्रश्नको जबाफमा पौडेल पार्टीमा गरेका योगदान, संघर्ष र आफ्नो दक्षताका आधारमा पार्टीले मुख्यमन्त्री बनाउने बिश्वास गर्नु हुन्छ । त्यसैले आफुले जितेपछि ललितपुरले मुख्यमन्त्री पाउछ भन्दै हिडेका पौडेल आफुमा प्रदेश नम्वर तीनलाई समृद्ध बनाई यहाँका नागरिकको सुन्दर भविष्य बनाउने सिर्जनशील सोच रहेको बताउनु हुन्छ। देशकै राजधानी समेत भएको तीन नं प्रदेश पर्यटन, जलस्रोत र चिनसँग जोडिने व्यापारिक नाकाहरुका कारण ठूलो संम्भावना भएको प्रदेश भएकाले यसमा धेरै सम्भावना छन् ।