काठमाडौं । काठमाडौमा महिनामा दुई÷चार बटा बार खुल्छन त्यतिकै संख्यामा बन्द पनि हुने गरेका छन् । यसेबीत फागुन १० गते नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ संञ्चालनमा आएको छ । जसको यतिबेला निकै चर्चा छ त्यसो हुनको पछाडि फेसबुकमा नग्न तस्विर सार्वजनिक गरेर एकाएक चर्चामा रहेकी अर्चना पनेरु नाच्ने गर्छिन । केही दिन अगाडि संचालनमा ल्याएको सो रेष्टुरेन्टमा अर्चना आफैले तताउने गरेकी छन् । रेष्टुरेन्टमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् ।
फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् । सिक्पल पहिरन बाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गछिर्न । केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले यस अगाडि राम्रो पारिश्रमिक लिएर नयाँ बसपार्कमा मै रहेको उर्वसी डान्स बारमा नाच्ने गर्थिन । रेष्टुरेन्टमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स गर्ने गरेका छन् । नयाँ बसपार्कको अन्य रेष्टुरेन्टको तुलनामा उनको रेष्टुरेन्टमा दर्शकको भिड लाग्ने गरेको छ ।
पोर्नस्टार बन्छु भन्दै आफ्नो नाङ्गा र उत्तेजक तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेपछि पहिलो पटक चर्चामा छाएकी अर्चना महेन्द्रनगरमा आयोजित प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा सेकेन्ड रनर्सअप समेत भएकी थिइन् । अश्लिलता फैल्याएको आरोपका कारण गाउँ नै छोड्न बाध्य काठमाडौं छिरेकी उनी केही निर्देशकको तानातानमा समेत परिन् । थुपै्र चलचित्र अफर पाएकी उनले ‘जिस्म’ र ‘छेस्को’ अभिनय गरेकी छन् । उनले नाच्ने भनेपछि ग्राहकको भिड बढने गरेको एक संञ्चालकले बताए ।