नयाँ वर्षसँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक’

प्रकासित मिति: १५ चैत्र २०७४, बिहीबार १५:२९

भक्तपुर, नयाँ शैक्षिक सत्र २०७५ का लागि आगामी वैशाख २ गतेदेखि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याइने भएको छ ।

शिक्षा विभागले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्रले सो प्रतिबद्धता जनाएको हो ।

शिक्षा विभाग शैक्षिक सामग्री शाखाका उपनिर्देशक देवीरमण अर्यालले पाठ्यपुस्तक वितरणका बारेमा जानकारी दिँदै मुद्रक र वितरकले यही चैत २५ गतेसम्म देशभरका ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याइसक्नु पर्ने गरी निर्देशन जारी गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चैत १५ गतेदेखि अर्थात आजदेखि वैशाख २ गतेसम्म पाठ्यपुस्तक वितरणलाई प्रभावकारी बनाउने गरी कार्य अगाडि बढाएका छौँ, चैत २५ गतेभित्र सबै जिल्लामा पाठ्यपुस्तक पु¥याइने छ, वैशाख २ गतेदेखि भर्ना हुने सबै विद्यार्थीले पुरै सेटमा नयाँ पाठ्यपुस्तक पाउनेछन् ।”

वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान र पुस्तक वितरण कार्यलाई अभियान कै रुपमा सञ्चालन गर्ने उहाँको भनाइ छ ।

सामुदायिक विद्यालयमा भर्ना हुने कक्षा १ देखि ५ सम्मका सबै बालबालिकालाई यसवर्षदेखि रङ्गीन पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।

सरकराले कक्षा १ देखि ५ सम्मका पुस्तक निजी छापाखाना र कक्षा ६ देखि १० सम्मका पुस्तक जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई छपाइ गर्ने जिम्मा दिएको छ । कक्षा १ देखि १० सम्मको ५५ लाख ३० हजार ५३१ विद्यार्थीमध्ये कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३३ लाख पाँच हजार ६१४ विद्यार्थीका लागि एक करोड ६५ लाख २८ हजार ७० थान निजी छापाखानालाई पुस्तक छपाइको जिम्मेवारी दिएको उपनिर्देशक अर्यालले जानकारी दिनुभयो ।

त्यसैगरी कक्षा ६ देखि १० सम्मका २२ लाख २४ हजार ९१७ विद्यार्थीका लागि एक करोड ९२ लाख ३९ हजार ६५६ थान पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी जनक शिक्षालाई दिएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक महेशप्रसाद तिमल्सेनाले केन्द्रले आफ्नो जिम्मामा आएको ९० प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरी वितरण केन्द्रमा पठाउन शुरु गरेको जानकारी दिँदै बाँकी १० प्रतिशत पुस्तक पनि केही दिन मै छपाइ सक्ने बताउनुभयो ।

यसवर्ष विद्यार्थीलाई सेटमै पुस्तक उपलब्ध गराउने र कुनै पनि पुस्तकको अभाव हुन दिइने छैन्, उहाँले भन्नुभयो, “जनक शिक्षाले गतवर्ष दुई करोड पुस्तक छपाइ गरेको थियो, जसमध्ये एक करोड ५७ लाख थान पुस्तक बिक्री भयो, ३० लाख पुस्तक अझै मौज्दात छ, त्यसैले यसवर्षका लागि एक करोड ८३ लाख छ हजार पुस्तक छपाइ गर्नुपर्ने अनुमान गरेका छौँ, जसमध्ये एक करोड ६६ लाख ४५ हजार ७०४ थान पुस्तक छापेर वितरण शुरु गरिसकेका छौँ, बाँकी २६ लाख २०४ थान पुस्तक केही दिनमै छापी सक्छौँ ।”

निजी छापाखानाका प्रतिनिधि दीपक भण्डारीले यसवर्ष कुनै पनि जिल्लामा पुस्तक अभाव नहुने दाबी गर्दै निजी छापाखानाले पनि समयमै पुस्तक छपाइ सकेर वितरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १ देखि ५ सम्मका पुस्तक छाप्ने जिम्मा पाएको १७ वटा छापाखानाले अहिलेसम्म एक करोड थान पुस्तक छापेर १५ प्रतिशत वितरण भइसकेको छ, थप २५ लाख थान पुस्तक छपाइको तयारीमा नै छ, गतवर्षको बिक्री हुन बाँकी किताव पनि छन्, कुनै पनि जिल्लामा पुस्तक अभाव हुँदैन, समय मै पुग्छ ।”

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले यसवर्ष पाठ्यपुस्तकको अभाव नहुने गरी छपाइ र वितरणको व्यवस्था मिलाइएको बताउँदै “चैत २५ गतेसम्म सबै जिल्ला र सदरमुकाममा पुस्तक पुगिसक्नु पर्नेछ, यसका लागि केन्द्रीय अनुगमन समिति नै बनाएर काम गरिएको छ भन्नुभयो ।”

पुस्तक वितरणमा यसवर्ष स्थानीय तहको प्रभावकारी भूमिका हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । पुस्तक खरिदका लागि सरकारले यसवर्ष देशभरका स्थानीय तहका बजेट पठाईसकेकाले समयमा नै स्थानीय निकायले पुस्तक खरिदका लागि विद्यालयलाई रकम दिने वा स्थानीय तह आफैले पुस्तक खरिद गरी विद्यालयमा वितरण गर्ने व्यबस्था गरे पुस्तक अभाव नहुने विभागको भनाइ छ ।

त्यसैगरी शिक्षा विभागले आगामी वैशाख २ गतेदेखि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराकासाथ देशभर भर्ना अभिायन शुरु गर्ने भएको छ ।

शिक्षा विभाग अनिवार्य शिक्षा शाखाका उपनिर्देशक नरहरि अर्यालले शैक्षिक सत्र २०७४ मा ९७ दशमलव २ प्रतिशत विद्यार्थी भर्ना दर पु¥याएकामा यसवर्ष यसलाई वृद्धि गर्न विद्यार्थी भर्ना अभियान संचालन गरिने जानकारी दिनुभयो ।

Bhansar Bivag
Argakhachi Cement