काठमाण्डौं । डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपालको नयाँ शक्ति खेलकुद महासंघको संयोजकमा रित बहादुर श्रेष्ठ (कृष्ण) सर्बसम्वत रुपले चयन हुनुभएको छ । पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री भट्टराईको प्रमुख आतिथ्यमा शनिबार नयाँ शक्तिको केन्द्रीय कार्यालयमा भएको बिस्तारीत बैठकले श्रेष्ठलाई संयोजकमा चयन गरेको हो ।
बिस्तारित बैठकलाई सम्बोधन गदै डा.बाबुराम भट्टराईले जुन राष्ट्रमा खेलकुदको राम्रो बिकास भएको छ त्यो देश समृद्धिको दिशामा अगाडि बढेको उल्लेख गदै नेपालको पनि खेलकुदको बिकास अपरिहार्य रहेकोमा जोड दिएका छन् । उनले खेलकुदको बिकासमा सरकार जुन रुपमा प्रस्तुत हुनुपर्ने हो त्यो रुपमा हुन नसकेको उल्लेख गदै श्रेष्ठको नेतृत्वमा बनेको नयाँ कमिटीले त्यो जिम्मेबारी पुरा गर्ने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा नयाँ शत्ति पार्टी नेपालका केन्द्रीय सम्र्पक संयन्त्रका संयोजक ईश्वर रिजालले खेलकुदले मानिसलाई अनुशासित नैतिकवान र मर्यादित बनाउन र समाज र राष्ट्रको लागि योग्य नागरिक बनाउन सहयोग गर्ने बताए । नयाँ शक्ति खेलकुद महासंघका निर्बतमान अध्यक्ष देबी प्रसाद सुबेदीले श्रेष्ठको नेतृत्वमा महासंघले थप उचाई लिने बताए ।
नयाँ शक्ति खेलकुद महासंघका अध्यक्ष रित बहादुर श्रेष्ठले खेलकुदको बिकासमा राज्यले उपेक्षा गरेको उल्लेख गदै खेलकुदको बिकासमा प्रयाप्त बजेट छुटयाउन सरकारसँग आग्रह गरे । नेपाललाई बिश्वशामु चिनाउने माध्यम खेलकुद भएको भन्दै यसको बिकासमा महासघ लाग्ने बताए । उनले महासंघलाई अव प्रदेश जिल्ला र स्थानिय तहसम्म सम्म बिस्तार गदै लैजाने बताए ।