नयाँ शिराबाट सहमति खोज्नु पछ ः अध्यक्ष ढकाल

प्रकासित मिति: ८ माघ २०७३, शनिबार १४:३१

८ माघ, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र पूर्व उपराष्ट्रपति परमानन्द झा बीच शनिबार भेटबार्ता भएको छ । झा निवास धोबिघाटमा भएको भेटमा वर्तमान राजनैतिक परिस्थिति र समाधानका विकल्पहरुको बारेमा छलफल भएको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको एक दशक पुग्न लाग्दा पनि राजनैतिक दलहरु जनअपेक्षा पुरा गर्न सफल नभएकोमा पूर्व उपराष्ट्रपति झाले चिन्ता ब्यक्त गरेका थिए ।
भेटमा अध्यक्ष ढकालले गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपतिको नाताले दलहरुलाई सहमति र सहकार्यमा ल्याउन अभिभाबकीय भूमिका खेल्न आग्रह गरेका थिए । वर्तमान राजनैतिक गतिरोधको अन्त्य गर्न नयाँ शिराबाट सहमति खोज्नु पर्छ भन्दै अध्यक्ष ढकालले विभिन्न राजनेताहरुसंगको छलफललाई पछिल्लो समय तिब्र बनाएका छन् ।

Bhansar Bivag
Argakhachi Cement