यौन दुव्र्यवहार गरेको अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली भएको सभामुख पदका लागि नेकपाभित्र नेताहरुबीच दौडधुप सुरु भएको छ। नेकपाले सभामुख पद अन्य दललाई नदिने रणनीति बनाएपछि अहिले नेकपाभित्र सभामुख बन्न नेताहरुले लविङ गर्न थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली सुभास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन्। नेम्वाङको नाममा अर्का अध्यक्ष प्रचण्ड पनि सकारात्मक छन्।
प्रचण्डमाथि तत्कालीन माओवादी केन्द्रभित्रबाटै सभामुख बनाउनुपर्ने दवाब छ । पूर्वमाओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र ओनसरी घर्ती लबिङमा छन्।