‘नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध राख्ने’

प्रकासित मिति: ११ माघ २०७४, बिहीबार १५:३४

नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध स्थापित गर्ने बताउनु भएको छ । साक्षात्कारमा उहाँले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध बढाइने बताउँदै भन्नुभयो, “हाम्रो भारतसँग पहिलेदेखि नै सम्बन्ध रहेको छ, विगतमा जे जति तीता कुरा भए, ती सबैलाई बिर्सी दुई देशबीच असल सम्बन्धको विकल्प छैन ।”

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य ज्ञवालीले दुई देशबीचको खुला सिमानाको सदुपयोग गर्दै संवेदेनशील तरिकाले अगाडि बढ्ने बताउँदै नेपालसँगको व्यवहारमा भारतले उदारता देखाउनुपर्नेमा जोड दिनुभयो । पञ्चेश्वर दुई देशको साझा परियोजना बन्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले खुला सीमा भएकाले भारतसँग विशिष्ट सम्बन्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुवै देशले एकअर्काको संवेदनशीलतालाई बुझेर मात्र अगाडि बढ्नुपर्छ, विश्वासका आधारमा सम्बन्धलाई कायम राख्नुपर्छ ”, बताउनुभयो ।

राजपाका नेता राजेन्द्र महतोले नेपाल र भारतबीचको सम्बन्धलाई आर्थिक सम्बन्धका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबीच सामाजिक, राजनीतिक र आर्थिक सम्बन्ध रहेको बताउँदै थप सम्बन्ध बढाउन भारत तयार छ भन्नुभयो । भारतका लागि नेपालका पूर्वराजदूत प्रा डा लोकराज बरालले नेपाल र भारतबीच देखिएका समस्यालाई निराकरण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

Bhansar Bivag
Argakhachi Cement