नामिबियामाथि नेपालको रोमाञ्चक जित

प्रकासित मिति: २५ माघ २०७४, बिहीबार १५:५६

सन्दिपले लिए ४ विकेट

 

काठमाडौं । नामिबियामाथि रोमाञ्चक जित निकाल्दै नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सुुदख सुरुवात गरेको छ ।ब्याटिङ लाइनअप एक पटक फेरि असफल भएको खेलमा बलरहरुले नेपाललाई जिताए । १३९ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात खराब रहृयो । टिमले खाता नै खोल्न नपाउँदै ओपनर दिलिपनाथ आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३२ रनको साझेदारी गर्दै कप्तान पारस खड्का व्यक्तिगत १९ रनमा आउट भए ।

लगतै आरिफ शेख शुन्यमै आउट भए । पाँचौं नम्बरमा शरत भेषावकर आए तर, लगतै ज्ञानेन्द्र व्यक्तगत १५ रनमा आउट हुन पुगे । दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा करण केसीले ३ रन मा त्र जोडे । डेब्यू ब्वाइ रोहितकुमार पौडेलले शरदलाई साथ दिने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ३७ रनको साझेदारी गरे ।

शरद २९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९७ रन थियो । थप ११ रन जोड्दा रोहित पनि आउट भए । १७ रन बनाएका उनी एलबीडब्लू धरापमा परे ।

बसन्त रेग्मी र सोमपाल कामीले पारी सम्हाल्ने प्रयास गरे । तर, नवौं विकेटका लागि मात्र १७ रनको सझेदारी गरेका सोमपाल ४७ औं ओभरमा बोल्ड हुन पुगे ।

त्यसबेला नेपाललाई २० बलमा १८ रन चाहिएको थियो । ४८ ओभरमा नेपालले २ रन मात्र जोड्यो भने अर्को ओभरमा बसन्तले छक्का हानेपछि नेपाललाई केही राहत मिल्यो ।

अब अन्तिम ६ बलमा ७ रन चाहियो । अन्तिम ओभरको दोस्रो बलमा २ रन लिएको नेपालका लागि चौथो बलमा बसन्तले चौका हाने । अर्को बल बाइड भएपछि नेपालले रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

Bhansar Bivag
Argakhachi Cement