नारीका पीडा चलचित्र ‘पानकली’

प्रकासित मिति: १२ भाद्र २०७३, आईतवार १६:०१

काठमाडौं । खस भाषाको पहिलोे नेपाली कथानक चलचित्र ‘पानकली’ अबको केही दिनमै प्रदर्शन हुने भएको छ । नेपाली खस भाषाको जन्मथलो कर्णालीलाई केन्द्र बिन्दु बनाएर निर्माण गरीएको खस भाषाको चलचित्र पानकली अबको एक महिनामा प्रदर्शनमा आउने निर्देशक खगेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ । ‘छायांकनको काम सकिएर इडिट हुदैछ, अबको एक महिनामा सबै काम सकिन्छ,’ उहाँले भन्नभयो, ‘सुदुर तथा मध्यपश्चिमकी एक महिलाले भोग्नुपर्ने बाध्यतालाई कथामा उतार्ने प्रयास गरीएको छ, सायद सो क्षेत्रका आमनागरीकहरुको मन मुटुमा यो चलचित्रले वास गर्छ होला ।’
पत्रककार, साहित्यकार, गजलकार, गीतकार कृष्णराज धमाला लाहुरे दर्जी तथा गायीका मनु अधिकारी पानकलीको मुख्यभूमिका रहेको चलचित्र पानकलीको एक महिनाभित्र सबै काम सकिने कथा लेखक समेत रहेका निर्देशक न्यौपानेले बताउनुभयो ।

नेपाली खस भाषाको उद्भव स्थलमा खस भाषा र त्यही प्राकृतिक सुन्दरताले भरीपूर्ण भूमिमा छायांकन गरीएको चलचित्रले वास्तविकता ओकल्ने आश गरेकोमा न्यौपानेको भनाइ छ । साहित्यकार, गितकार तथा पत्रकारीतामा लामो समय क्रियाशिल चलचित्रका नायकको भूमिका निर्वाह गरेका कृष्णराज धमाला लाहुरे दर्जीले चलचित्रमा पहिलो पटक भूमिका निर्बाह गर्दा केही अप्ठेरो भए पनि चलचित्र मार्फत दिन खोजेको शन्देशले सबै पीडा बिर्साएको बताउँछन् । उनले समाजका विकृति, विसंगति अन्त्य गर्ने अभियानमा लामबद्ध हुन पाएकोमा खुसी लागेको बताए ।

गायिका तथा चलचित्रकी नायिका मनु अधिकारीले एक नारीले जीवनभरि भोग्नुपर्ने पीडालाई आफूले सक्दो उतार गरेको भन्दै हिउँ परिरहेको अवस्थामा पनि छायांकनमा जुट्दा केही पीडा भए पनि यसले दिन खोजेको शन्देशका कारण आफ्नो पीडा बिर्सिएको बताउँछिन् । समाजको वास्तविकता सामाजिक कुसंस्कार, कुरीति र नारी हिंसालाई ज्युँकात्युँ उतारी वास्तविक नेपाली भाषाको पहिचानका लागि यो चलचित्र निर्माण गरिएको निर्देशक न्यौपानेको दाबी छ । चलचित्र पानकलीको छायांकन सकिएको छ भने सिने साइट डिजिटलमा पोष्ट प्रोडक्सनको काम तिब्र गतिमा भइरहेको छ ।

Bhansar Bivag
Argakhachi Cement