निर्बाचनको तयारीमा लाग्न अध्यक्ष ढकालको निर्देशन

प्रकासित मिति: १० पुष २०७३, आईतवार १६:३०

१० पुस, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफ्ना नेता तथा कार्यकर्तालाई तीनवटै तहको निर्बाचनको तयारीमा जुट्न निर्देशन दिनु भयको छ । पार्टीको केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले १३ महीना भित्र निर्बाचन गर्नुको बिकल्प नभएको भन्दै आगामी निर्बाचन मार्फत परिवार दल बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा देखा पर्ने बताउनु भयो । पूर्ब मन्त्री समेत रहेका ढकालले संबिधान संशोधनको प्रस्ताब फिर्ता लियर राजनैतिक सहमतिको बाताबरण बनाउन सरकारसांग आग्रह गर्नु भयो । अध्यक्ष ढकालले परिवार दल तराई मधेसमा बसोबास गर्ने नेपाली नागरिकहरुको भाबना र सरोकार प्रति पूर्ण रुपमा जानकार र संबेदनशील रहेको भन्दै मधेसको मुद्दालाइ सत्ता प्राप्ति र राजनैतिक उद्धेश्य परिपूर्ति गर्ने भर्यांङ्ग नबनाउन मधेश केंद्रित दलहरूलाई आग्रह गर्नु भयो । उहाँले परिवार दल मधेसका उत्पीड़ित, पिछड़ा बर्ग र किसानहरुको हक़ र अधिकारको लागि हदैसम्म लड़ने बताउँदै सिमित पूँजीपति बर्ग र जमीनदारको हितको लागि खोलियका राजनैतिक दलहरुले बहुमत मधेसका जनताको हितमा विगतमा पनि कुनै काम नागरिको र भबिस्यमा पनि केहि नगर्ने ठोकुवा गर्नु भयो । अध्यक्ष ढकालले राजनैतिक सहमतिको बिकल्प नरहेको स्पस्ट पार्दै सहमतिको पहलकदमी प्रधानमन्त्रीले लिनु पर्नेमा प्रधानमंत्रीनै प्रतिपक्ष दलहरूलाई गालीगौलोंजमा उत्रिनु अस्वाभाविक भयको बताउनु भयो । निर्बाचन नहुदा देशमा अस्थिरता र सम्बैधानिक संकट आउने भन्दै अध्यक्ष ढकालले आबस्यक परे राष्ट्रीय सहमतिको सरकार निर्माण गर्न प्रधानमन्त्रीले बाटो प्रशस्त बनाइदिनु उपयुक्त हुने धारणा राख्नु भयो । कार्यक्रममा परिवार दलका महामंत्री बिनोद डाँगी, प्रबक्ता संतोष पौडेल, केन्द्रीय सदस्य हरु गोबिन्द मिश्र, अब्दुल कैयूम शाह फ़क़ीर, गणेश कुमार श्रेस्ठ, देबि निरौला, गोमा दाहाल, संतोष दास, पीस फोर्सका अध्यक्ष अशोक भट्ट लगायतले मन्तब्य राख्नु भयको थियो

Bhansar Bivag
Argakhachi Cement