काठमाडौं– कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना भएको १सय दिनसम्म पनि अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै नयाँ शक्ति नेपाल निकट महिला शक्ति महासंघले शुक्रबार माइतिघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत सहभागी थिए । प्रदर्शनमा सरकार र प्रहरीलाई अपराध अनुसन्धानमा असक्षम रहेको भन्दै आलोचना गरिएको थियो ।
बालिका निर्मलाको बलात्कारपछि हत्या भएको एक सय दिन पुगिसक्दा पनि अपराधी पत्ता लगाउन सरकारले केही काम नगरेकोले दवावका लागि प्रदर्शन गर्न गरिएकोे नयाँ शक्ति पार्टी नतृहिसिला यमीले बताइन । बिरोध कार्यक्रममा नयाँ शक्ति नेपालको संधिय परिषद सदस्य तथा नयाँ शक्ति खेलकुद महासंघका संयोजक रित बहादुर श्रेष्ठ (कृष्ण) ले दुई प्रहरी अधिकृत बरखास्त हुनु निर्मला हत्याको ठोस प्रमाण भएको बताउँदै पन्तको हत्यारालाई तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे । बिरोध कार्यक्रममा नयाँ शक्ति पाटीका नेतृ मनु हमागाई, करिस्मा मानान्धर लगायत नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थति रहेको थियो ।