डडेलधुरा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि वामपन्थीको सरकार बन्ने दावी गर्नुभएको छ । आज प्रेस चौतारी र प्रेस सेन्टर डडेल्धुरा शाखाले गरेको संयुक्त पत्रकार सम्मेलनमा ओलीले राष्ट्रलाई एकताबद्ध बनाएर विकासका ठोस योजनाका साथ आगाडि बढाउने सरकार बन्ने बताउनुभयो । अध्यक्ष ओेलीले यो निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धादली रहति बनाउनु पर्नेमा जोड दिनुभयो । ‘निर्वाचन भनेकै जनताको अभिमत हो’ अध्यक्ष ओलीले भन्नुभयो, त्यो स्वतन्त्र रुपले प्रकट हुन पाउनु पर्छ ।’ उहाँले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनको लागि वाम गठबन्धमा अबद्ध एमाले र माओवादी केन्द्र प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।