मतपेटिका बोकेको गाडीलाई लक्षित गरेर नुवाकोटमा बम विस्फोट गराइएको छ । बिदुर नगरपालिका वडा नम्बर ७ स्थित अधेँरी खोलमा आइतबार साँझ मतपेटिका बोकेको गाडी र क्षेत्र नम्बर २ को प्रदेशसभा ख का माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडासहितका स्थानीय नेताहरुलाई लक्षित गरेर बम विस्फोट गराइएको हो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले बम पड्किएको भएपनि उम्मेदवार र मतपेटिका सुरक्षित रहेको बताए ।