नेकपा विप्लव माथि प्रतिबन्ध लगाउने सरकारको घोषणा

प्रकासित मिति: २८ फाल्गुन २०७५, मंगलवार १४:३९

काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको स्रोतलाई उदृत गर्दै अनलाइनखबरले उल्लेख गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement