काठमाडौं । पूर्वमन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधन भएकोमा नेपाल परिवार दलले समबेदना प्रकट गरेको छ । नेता खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा शनिबार राती १० बजेर २२ मिनेटमा निधन भएको हो ।
परिवार दलका अध्यक्ष एकनाथ ढकालले एक शोक बिज्ञप्ति प्रकाशित गदै खपाङ्गीको निधनले देशले एक महत्वपूर्ण राजनीतिज्ञ गुमाएको बताएका छन् । उनले भनेका छन् नेता खपाङ्गीको जीवनबाट अहिलेका युवा पुस्ताले धेरै कुरा सिक्न सक्ने बताएका छन् । अध्यक्ष ढकालले खपाङ्गीप्रति श्रद्धाञ्जली एवं शोकाकूल परिवार र शुभेच्छुकमा समवेदना व्यक्त गरेका छन् ।
२०७० बैशाख १२ गते बसपार्क अगाडि मोटर साईकल दुरघटनामा परेका खपाङ्गी त्यहि बेला देखि अचेत अवस्थामा थिए । लामो समय विरामी परेका खपागीलाई विदेशमा उपचार सम्भव नभएपछि घरमै भेन्टीलेटरमा राखेर उपचार गरिदै आएको थियो । खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए । नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका खपाङ्गी पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीका सँस्थापक महासचिब हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष थिए ।