बैंकक । नेपाल परिवार दलका अध्यक्ष एवम् ब्यबस्थापिका संसद सदस्य एकनाथ ढकालले नेपालको संविधानको स्वीकार्यता दिनानुदिन बढ्दै गएको बताएका छन् । उनले संबिधान निर्माताकै दोहोरो भूमिकाले कार्यान्वयनमा बाधा पुगेको तर्क समेत गरे । थाईल्याण्डको राजधानी बैंककमा एशियाली सांसदहरुको सम्मेलमा बोल्दै ढकालले संबिधान निर्माणको नेतृत्व गर्नेहरुनै अल्मलिएको कारण संशोधन कि कार्यन्वयन भन्ने बहस भयपनी अबको बाटो संविधानको प्रभाबकारी कार्यन्वयननै रहेकोमा जोड दिए ।
पूर्वमन्त्री समेत रहेका ढकाल विभिन्न मित्र राष्ट्रका सहभागी सांसद हरुको जिज्ञासामा निबर्तमान “नेपालका नागरिक अधिकार सम्पन्न भैसकेका छन् अब उनीहरुलाई आर्थिक उन्नतिसंग मात्र चासो छ “ । उनले तत्कालै संबिधान संशोधन हुने कुनै सम्भावना आफुंले नदेखेको बताए ।
अध्यक्ष ढकालले बिश्वब्यापी रुपमा समस्या खडा गरेको पर्यावरणीय असन्तुलन, आतंकबाद, अतिबाद, गरिबी तथा नैतिक ह्रास लगायतका डरलाग्दा समस्याहरुको सामना गर्न विश्वका सांसदहरु एक हुनु पर्नेमा जोड दिए ।
राष्ट्र निर्माण र शान्तिको लागि दुरदृष्टी र असल नेतृत्व बिषयक ३ दिने सम्मेलनमा थाईल्याण्ड, फिलिपिन्स, क्याम्बोडिया, म्यानमार, श्रीलंका, नेपाल लगायतका राष्ट्रका मन्त्रि, सांसद, गभर्नर, राष्ट्र सेवक, राजनैतिक नेता तथा नागरिक अगुवाहरुको सहभागिता रहेको छ । अध्यक्ष ढकालले क्याम्बोडियाका संस्कृति सहायक मन्त्रि सेङ्ग सोमोनी लगायतसंग पनि भेटघाट गर्नु भएको नेपाल परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए ।