‘नेपालको सफल शान्ति प्रक्रिया विश्वको लागि उदाहरणीय’

प्रकासित मिति: ११ चैत्र २०७३, शुक्रबार १४:११

अध्यक्ष ढकाल र बंगलादेशकी सभामुखबीच भेटबार्ता
११ चैत, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र नेपाल भ्रमणमा रहनु भयकी बंगलादेश संसदका सभामुख डा. शिरिन शर्मिन चौधरी बीच शुक्रबार भेटवार्ता भएको छ ।
राजधानीको एक होटलमा भएको भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको भेटमा सहभागी टिका बिकल जानकारी दिए । अध्यक्ष ढकालले बंगलादेश र नेपालका धेरै चुनौतिहरु समान प्रकारका भएकोले मिलेर सामना गर्नु पर्ने बताउदै नेपाल शान्ति र बिकासको बाटोमा लम्कीराखेको बताएका थिए । सभामुख चौधरीले नेपालको सफल शान्ति प्रकृया नमुना भएको भन्दै अन्य देशहरुको लागि उदाहरणीय अनुभब हुने बिश्वाश ब्यक्त गरेकी थिईन् ।
ब्यबस्थापीका संसदका सदस्य समेत रहेका ढकालले इन्टरनेशलन अशोशियसन अफ पार्लियामेन्टरियन फर पिस (आइएपिपि) को अन्तराष्ट्रिय मंचहरुमा बंगलादेश संसदका सांसदहरुको सक्रिय सहभागीता रहेकोमा सभामुख चौधरीलाई धन्यवाद ज्ञापन गरेका थिए । सभामुख चौधरीले बंगलादेश विश्व शान्ति र भातृत्वको खातिर स्थापित हरेक अन्तराष्ट्रिय मंचहरुमा बंगलादेशको सहभागिता र सहयोग रहने बताउनु भएको भेटमा सहभागि टिका बि.कले जानकारी दिए । ढकाल एसियाको अध्यक्ष रहनुभएको आइएपिपि विश्वभरिका सांसदहरुको संगठन हो ।

Bhansar Bivag
Argakhachi Cement