नेपालद्धारा मलेसिया पराजित

प्रकासित मिति: ८ मंसिर २०७४, शुक्रबार १२:५२

काठमाण्डौ । थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित२० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो । जितसँगै चार खेल खेलेको नेपालको चार अंक छ । नेपालले थाइल्याण्ड र हङ्कङसँग वर्षाका कारण अंक बाँडेको थियो भने संयुक्त अरब इमिरेट् (युएई) सँग पराजित भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement