डा. चूडाबहादुर श्रेष्ठ
नेपालमा वर्षेनी ४ देखि ५ लाख युवाहरु श्रम बजारमा निस्कन्छन् । तर राज्य संचालकहरुको अर्कमन्यता, अदूरदर्शिता, गैरजिम्मेवारी र सरकारी स्वामित्वमा रहेका उद्योग कलकारखानाहरुलाई राजनीतिक भर्तीकेन्द्र बनाईएको हुँदा अधिकांश उद्योगहरु थला परेका छन् । जसले गर्दा युवाहरुले स्वदेशमै रोजगारी पाउने अवसर गुमाएका छन् । मुलुकको विश्वविद्यालय र शिक्षण संस्थाहरु विभिन्न दलका राजनीतिक कायकर्ता तथा बेरोजगार जन्माउने थलोको रुपमा देखा परेको छ । राज्य संयन्त्रमा कार्यरत व्यक्तिहरुले पनि युवाहरुलाई स्वरोजगारी हुने र बन्ने अभिप्रेरणा दिन सकेका छैनन् । यस्तो परिस्थितिमा मुलुकभरका युवाहरु चर्को ब्याँज तिरेर भएपनि आधुनिक दास (मोर्डन सेलभरी) को रुपमा दिनहुँ २ हजार जना मुग्लान पस्न बाध्य छन् । त्यसमध्ये दिनको सरदर ४÷५ जनाको लास आइरहेका अवस्था छ । वर्तमान बेथितिलाई दृष्टिगत गरी नेपालका युवाहरुलाई मुलुकभित्रै उद्यम÷व्यवसायमा स्वतः स्फूर्त रुपमा सहभागी गराउनु पर्दछ । चलनचल्तीमा रहेका उद्यमहरुलाई बैज्ञानिक तरिकाबाट संचालन र बजारमा प्रतिस्पर्धा गराउने कार्यमा युवाहरुलाई प्रेरणा र सहयोगको आवश्यकता छ ।
उद्यम के हो ?
अंगेजी शब्द इन्टरप्राइजको अर्थ उद्यम हो । साधारणतया ः प्रत्येक व्यक्तिले आफ्नो जीविकोपार्जन र आर्थिक उन्नतिको लागि विभिन्न व्यवसायहरु गरिरहेका हुन्छन् । जस्तै ः कृषि, उद्योग, बैकिङ्क, शिक्षा, स्वास्थ्य, यातायात, संचार, पर्यटन आदि । यस्ता उद्यमहरु हजारौं हुन सक्छन् । मानिसहरुले आआफ्ना रुचि र आफुसँग रहेका क्षमता, ज्ञान, शीप, खुवी, दखल, अनुभव र स्रोतका आधारमा व्यवसायहरु संचालन गरेका हुन्छन् । त्यसलाई उद्यम भनिन्छ । उद्यम एक व्यवसायिक इकाई हो ।
उद्यममा कसरी सहभागी हुने गरिन्छ ?
मानिसहरुका उद्यममा लाग्न स्वभाव र पृष्ठभूमि विभिन्न हुन सक्छ । जस्तै ः (क) पुख्यौली व्यवसाय÷उद्यममा संलग्न हुने, (ख) सिक्दै÷गर्दै अगि बढ्ने, व्यवसाय संचालन गर्ने, (ग) अरु व्यवसायी÷उद्यमीद्धारा संचालित व्यवसाय हेरेर÷बुझेर संचालन गर्ने, (घ) समान उद्देश्य भएका व्यक्ति तथा व्यवसायीहरु सँग परस्पर मिलेर सहकारी व्यवसाय गर्ने, (ङ) शैक्षिक तथा प्राविधिक अध्ययनबाट प्राप्त ज्ञान तथा शीपअनुकूल व्यवसाय गर्ने, (च) कुनै शीपमूलक तालिम÷प्रशिक्षणबाट प्राप्त ज्ञान, शीप र अवधारणाबाट व्यवसाय गर्ने, (छ) समाजमा मानवीय आवश्यकताअनुसार आएका परिवर्तन अनुकूल व्यवसाय गर्ने, र (ज) विभिन्न सेवाग्राहीहरुको माँग र आवश्यकतालाई दृष्टिगत गरी व्यवसाय गर्ने आदि । युवा वर्गले सोही
।
उद्यम÷व्यवसायको वर्गीकरण
विश्वभर उद्यम÷व्यवसायहरुलाई त्यहाँ कार्यरत जनशक्ति कर्मचारी÷कामदारहरुको संख्यालाई आधार मानी वर्गीकरण गरिन्छ । संयुक्त राष्ट्र संघ व्यापार तथा विकास परिषद्ले उद्यमका प्रकार र वर्गीकरण गरेको छ । जसअनुसार (१) लघु तथा धेरै सानो उद्योग जहाँ १९ जनासम्म कामदार हुन्छन् (२) साना उद्योग त्यस्ता उद्योगमा २० देखि १०० जनासम्म कर्मचारी÷कामदार हुन्छन् (३) मझौला उद्योग जहाँ १०१ देखि ५०० जनासम्म कर्मचारी÷कामदार रहन्छन् र (४) ठूला उद्योग÷व्यवसायहरुमा– ५०० भन्दा बढी संख्यामा कर्मचारी÷कामदारहरु खटिएका हुन्छन् । प्राय ः थारै पूँजीमा हामीले सुरु गर्ने उद्यमहरु लघु तथा धेरै साना उद्योग हुन् सक्छ ।
स्वामित्वको आधारमा व्यवसाय वर्गीकरण
स्वामित्व÷लगानीको आधारमा व्यवसाय÷उद्यमहरुलाई ३ प्रकारले वर्गीकरण गरिन्छ । जस्तै ः (१) निजी व्यवसाय स्वामित्वको आधारमा निजी क्षेत्र (प्राइभेट सेक्टर) निजी व्यवसायहरु । निजी रुपमा कुनै व्यक्ति तथा समूहहरुले आआफैले लगानी गर्छन्, मालिक पनि उनीहरु नै हुन्छन् । व्यवसायको लाभ र नोक्सानीको भागीदार पनि निजी व्यवसायी नै हुन्छन् । (२) व्यवसायमाथि सरकारको स्वामित्व रहने सार्वजनिक (सरकारी) क्षेत्र (पब्लिक सेक्टर) होे । यस्तो व्यवसायहरुमा पूँजीको लगानी सरकारबाट हुन्छ । यस व्यवसायको मालिक सरकार आफै हुन्छ । यस व्यवसायमा हुने लाभ र नोक्सानीको भागीदार पनि सरकार हुन्छ । सरकारी उद्योग कलकारखानाहरु जस्तै ः टेलिकम्युनिकेशन, नेपाल बायु सेवा निगम, जनकपुर चुरोट कारखाना आदि । तर राम्रो व्यवस्थापन हुन नसकेर नेपालको सरकारी उद्योगहरु टाट पल्टिएका छन् । (३) सहकारी क्षेत्र (को अपरेटिभ सेक्टर) अन्तर्गतका सहकारी व्यवसायहरुमा सदस्यहरु मिलेर शेयर र बचत संकलन र लगानी गरेको हुन्छन् । उनीहरु आफै मालिक र व्यवसायको लाभ र नोक्सानीमाथि पनि उनीहरु नै हकदार हुन्छन् ।
वस्तुत ः जुनसुकै व्यवसायहरु संचालन गरिदा – वस्तु तथा सामाग्रीहरु उत्पादन र सेवा, सूचना आदि नवीनतम सोचमा आधारित हुनुपर्दछ । कुनै पनि (क) ‘‘व्यवसाय ग्राहकहरुको आवश्यकता पूर्ति गर्ने र उनीहरुलाई प्रदान गरिएका सेवाहरुबाट अधिकतम् मुनाफा गर्न प्रयास गर्ने निजी संगठनको गतिविधि हो ।’’ उद्यम संचालन गर्दा (ख) ‘‘व्यवसाय नयाँ सोच, जोखिम वहन र नवीनतम गतिविधिसित सम्बन्धित हुन्छ’’
उद्यमीहरु कसलाई भनिन्छ ?
उद्यम संचालन गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ । नयाँ उद्यमीेले खोल्दा जोखिम वहन गर्नुपर्ने हुन्छ । त्यसैले राम्ररी अध्ययन गरेर मात्र उद्यममा संलग्न हुनु पर्दछ । उद्यम (इन्टरपे्रन्डर) अर्थात (इन्टरप्रेन्यूर) शब्द १६ औ शताब्दीको प्रारम्भमा पहिलो पटक फ्रेन्च भाषामा प्रयोग भएको थियो । त्यसवेला सैनिक अभियान संगठन र नेतृत्व गर्ने फ्रान्सेली अभियानकर्र्तालाई उद्यमी भनिन्थ्यो । ‘‘निश्चित मूल्यमा वस्तु विक्री गर्ने उद्देश्यले निश्चित मूल्यमा कारोवारसम्बन्धी सेवाहरु खरिद गर्ने व्यक्ति उद्यमी हो ।’’ उद्यमीसँग पूँजी लगाउने क्षमता, विवेक, धैर्यता र व्यवसायिक ज्ञानको संसारबारे जानकारी हुनुपर्छ ।
उद्यमीसँग सुपरीवेक्षण, प्रशासन र व्यवस्थापन गर्ने कला र गुण हुनुपर्दछ । प्राचीन अर्थशास्त्रका पिता मानिएका एड्म स्मिथले उद्यमीलाई ‘‘उद्यममा अग्रिम भूमिकामा सक्रिय भाग नलिईकन पूँजी मात्र उपलब्ध गराउने व्यक्ति उद्यमी हो’’ भनेका छन् । म्याक्स वेभरको अनुसार, ‘‘उद्यमीहरु खास सामाजिक अवस्थामा हुर्केका उत्पादित व्यक्तिहरु हुन् र समाजले नै त्यस्ता व्यक्तिहरुलाई उद्यमीको स्वरुप दिन्छ । इन्टरनेशनल लेवर अर्गनाइजेशन (आइएलओ १९८२) ले गरको परिभाषा अनुसार ‘‘ आवश्यक स्रोत साधनहरुका साथसाथै व्यवसायिक अवसर देख्ने र मुल्याङ्कन गर्ने ती अवसरहरुबाट लाभ उठाउने र सफलतालाई सुनिश्चित पार्न उपयुक्त कदम सुरु गर्ने क्षमता भएका व्यक्तिहरु उद्यमी हुन्’’ । तसर्थ, युवाहरुले आफु कसरी उद्यमी हुने बारे सोच्न आवश्यक छ ।