‘नेपाली परिवारहरु शान्तिका उदाहरण हुन’

प्रकासित मिति: ७ कार्तिक २०७४, मंगलवार १४:५७

कार्तिक ७ सुनसरी । असल परिवार ,समृद्ध नेपालभन्ने मूल नाराका साथ बिश्व शान्ति तथा एकिकृत परिवार संघ सुनसरीले पारिवारिक मूल्य र मान्यतामा आधारित बैवाहिक प्रतिबद्धता एबम शुभआशिर्वाद कार्यक्रम सम्पन्न गरेकोको छ ।
कार्यक्रममा बोल्दै कोरियाबाट आउनु भएका शान्ति अभियान्ता डा. हिं किमले नेपाल र नेपालीको एकता विश्वमा अनुशरण गर्न योग्य भएको बताएका थिए । उनले शान्ति स्थापनामा नेपालीहरुले खेलेको भुमिका विश्वका लागि उदाहरणीय भएको बताए । नेपाली परिवारहरु शान्तिका उदाहरण हुन् उनले भने । कोरियाबाटै आउनुभएका अर्का बिषेश दुत डा. किम होङ थे ले पारिवारीक एकताबाट नै बिश्व शान्ति हुने बताउदै नेपाली समाजको परिवार शान्ति स्थापनाकालागि उदाहरण भएको बताए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा इटहरी उपमहानगरपालीकाका मेयर द्धारीकलाल चौधरीले परिवार,समुदाय ,समाज ,देश र विश्वामा शान्ति स्थापना गर्न थालिएको अभियान प्रसंसनिय भएको बताए ।
समारोेहमा विश्व शान्ति तथा एकिकृत परिवार संघका उपाध्यक्ष बिनोद डाँगीले विश्व शान्तिकालगि परिवारबाट नै सुरुवात गर्नु पर्ने युपीएफको अभियान बिश्वब्यापी रुपमा फैलिएको बताए । उनले पारिवारको एकता नै विश्व शान्तिको पहिलो माध्यम भएको बताए ।
समारोहमा पूर्व सासद मिलन कुमारी राजबंशी लगायतले पारिवारीक मूल्य मान्यताको बारेमा बोल्दै परिवार बलियो भयो भने मात्र राष्ट्र बलियो हुने बताएकी थिईन् ।
कार्यक्रममा बोल्दै विश्व शान्ति दुत तथा युएन कलेज धरानका प्रमुख डम्बरकुमार तुम्बाफेले हरेक ब्यक्तिको पहिलो विद्यालय परिवार भएको र परिवार बाट नै विश्व शान्तिकालागि भुमिका बन्ने भन्दै सम्मानीत र सुसंस्कारीक परिवार युपिएफले कल्पना गरेको बताए । उनले युपिएफका संस्थापक डा ं मुनको प्रसंसा गरे ।कार्यक्रममा करिब आठ सयको उपस्थिती रहेको थियो । कार्यक्रमको समापन गर्दै युपीएफ सुनसरीका अध्यक्ष बिक्रम श्रीले विश्व शान्तिकालागि प्रत्येक परिवारबाट अभियान चल्नुपर्ने बताए ।कार्यक्रममा उपस्थित बैबाहिक जोडीहरुलाई बिभिन्न धर्मका धर्मगुरु हरुको उपस्थितीमा बैबाहिक प्रतिबद्धता र पारीवारीक मिलनको प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा हिन्दुधर्मका धर्मगुरु होमनाथ निरौला, मुस्लिम धर्मका धर्मगुरु मोहम्मद उमिर तथा बौद्ध धर्मकी बिद्या शाक्यले परिवार र शान्तिका विषयमा प्रबचनपनि दिएका थिए ।

नौ जनालाई शान्ति दुतको सम्मान
यसैबीच सोही कार्यक्रमा शान्ति स्थापनामा बिशेष योगदान गरेको भन्दै नौ जनालाई शान्ति दुतको सम्मानबाट सम्मानित गरिएको थियो । शान्ति दुतबाट सम्मानीत हुनेहरुमा ब्लाष्ट टाईम्स दैनिकका योगेशबाबु काफ्ले र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विषेशज्ञ डा. प्रशान्त शाह सहित नौ जनालाई शान्ति दुतको (पिस एम्बास्टर)र अवार्ड प्रदान गरेको छ । कोरियाबाट आएका युपिएफ प्रमुख अभियान्ता डा. हिं किम र डा. किम होङ थे ले समाजका बिभिन्न क्षेत्रमा बिषेश योगदान पु¥याएको भन्दै अवार्ड प्रदान गरेका हुन् । मङ्गलबार ईटहरी स्थित दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा बैबाहिक प्रतिवद्धता तथा परिवार मिलन कार्यक्रममा इटहरी उपमहानगरपालीकाका मेयर द्धारीकलाल चौधरी,शिक्षासेवी राजबिमल श्रेष्ठ,लेखनाथ घिमिरे, नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेल, प्रेम तुम्वाहाम्फो, सामाजिक अभियन्ता हिरा आचार्य,मिना सिंघकलाई समाजिक क्षेत्रमा पु¥याएको योगदानका कदर गर्दै अवार्ड प्रदान गरेको थियो ।

Bhansar Bivag
Argakhachi Cement