युएईमा स्थापित प्रवासी नेपाली हरुको सेवामा समर्पित नेपाली समुदाय युएईले २०४ औ भानु जयन्तीको अवसरमा यहि १४ जुलाई २०१७ का दिन युएइको मुख्य शहर बरदुबईमा ” युएई ब्यापी खुल्ला रचना वाचन समारोह-२०१७” को आयोजना गर्ने बताइएको छ | नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि आदिकवि स्वर्गीय भानुभक्त आचार्य ज्युको जन्म २९-अषाढ १८७१ मा तनहुँको चुदी रम्घामा भएको थियो |
आदिकवि भानुको जन्म दिनको अवसरमा बैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली साहित्यानुरागी तथा श्रष्टाहरुको साहित्य प्रतिको आकांक्षालाई पूर्णता दिने हेतुले साहित्यमा समर्पित यस कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका कोषाध्यक्ष कृष्ण रायमाझीले बताउनु भयो |
युएईका प्राय संस्थाहरुले धेरै जसो साँस्कृतिक कार्यक्रमलाई प्रथामिकता दिई कार्यक्रम गर्ने प्रवृति व्याप्त रहेको अवस्थामा नेपाली राष्ट्रिय जीवनका विविध पक्षहरुलाई समेत समेट्दै साहित्य, खेलकूद तथा धार्मिक कार्यक्रमहरुलाई समेत ग्राहता दिईनु पर्ने कुरा मा जोड दिदै संस्थाका अध्यक्ष , मुन गुरुङले भन्नु भयो, ” नेपाली समुदायले युएईका सबै प्रान्तहरुबाट श्रष्टा भेला गर्ने मात्र नभै राष्ट्रिय बिभुति भानुको योगदानको चर्चा गर्ने तथा प्रवासी साहित्यकारको एक्यबद्दता गराउने तथा श्रष्टा सम्मानको उद्देस्यले यो कार्यक्रम आयोजना गरिएको हो | ”
संस्कृतमा लिखित वाल्मीकि रामायणका अनुवादक, भानुभक्त आचार्य, नेपाली साहित्यका आधारस्तम्भ तथा भाषा एकीकरणका धरोहर हुनुहुन्छ | नेपाली वाङ्ग्मयका आदि पुरुष भानुको गरिमा व्याख्या जति नै गरे पनि अपुग रहन्छ , तसर्थ उहाको जन्म जयन्तीको स्मरणमा सम्पूर्ण युएईमा रहनु हुने नेपाली लेखक/रचनाकार/साहित्यकार हरुको साक्षात्कारमा खुल्ला शिर्षकमा काब्य सुन्ने सुनाउने हेतुले आयोजित यो कार्यक्रमलाई सबैले सकारात्मक लिईएको बताइएको छ |
आधुनिक नेपाली भाषाका एकिकारण कर्ता भानुद्वारा रामायण अनुवादको अलावा , प्रश्नोत्तर, बधुशिक्षा, भक्तमाला मुख्य कृति रहेका छन् |