गलत कम्पनीलाई जापानमा ‘जिएसए’ दिने तयारी गदै
काठमाडौं– प्राय जसो घाटामा उडान भदै आएको नेपाल एयरलायन्सले यहि जनवरी १ तारिखबाट जापानमा उडान भर्न लागेको बेला गलत कम्पनीलाई जापानको जिएसए दिन लागेको हो । ए ३३०–२०० को वाइडबडी विमानबाट जापानमा उडान भर्न लागेको नेपाल एयरलाइन्सले जापानको लागि जिएसए नियुक्त गर्न चलखेल शुरु भएको छ ।
जापानमा जिएसए नियुक्त गर्नका लागि टेण्डर नोटिस प्रकाशन गरी एयरलायन्सले आव्हान गरेको थियो । टेण्डर नोटिसको बुँदा नम्बर ४ मा जिएसए प्राप्त गर्नका लागि अन्य कुनै पनि एअरलायन्सको जिएसए नबनेको हुनैपर्ने बाध्यकारी व्यवस्था गरेपछि यसका चलखेल हुने सम्भावना बढेको छ ।
नेपाल एयरलाइन्सले हालसालै मात्रै जापानस्थित वेस्टर्न एसोसिएटस् अर्थात् डब्लुएआई कम्पनीलाई जिएसए नियुक्त गर्नेगरी नेपाल बोलाएको छ । यो कम्पनी हालसालै सञ्चालनमा आएको थाई लायन एयरलाइन्सको जिएसए भएको पत्ता लागेको छ । उसले यसअघि नै थाई लायनको जिएसए भई काम गरिरहेको भेटिएको हो ।
जापानको एक प्राइभेट कम्पनीले थाइल्याण्डको सरकारी एअरलायन्स थाई एयरवेजलाई लेखेको हो । वेस्टर्न एसोसिएटस् भन्ने कम्पनीले थाइ लायनको जिएसए लिएको भन्ने जानकारी आएकाले त्यसबारे के हो भनी सोधिएको छ । त्यसको जवाफमा सरकारी एयरलायन्स थाई एअरवेजका जापानस्थित कण्ट्री हेड अमाइकेले वेस्टर्न एसोसिएटस् अर्थात् डब्लुएवाई कम्पनी नै थाई लायनको जापानस्थित जिएस अर्थात् जनरल सेल्स एजेण्टस् रहेको बताएका छन् ।
तर वेस्टर्न एसोसिएटस्ले भने थाई लायनको जिएसएबारे केही कुरा उल्लेख नगरी टेण्डर नोटिसमा भएको प्रावधानविपरीत जिएसए लिन लागेको हो । यसबारे वेस्टर्न एसोसिएटस्ले नेपाल एअरलायन्सलाई कुनै जानकारी नदिई सम्झौता गर्न लागेको खुलासा भएको छ ।
टोकियोमा कार्यालय रहेको वेस्टर्न एसोसिएटस्ले नेपालस्थित एयरलायन्सका पदाधिकारीलाई मोटो रकम दिएर जिएसए हत्याउन लागेको एयरलायन्सकै एक निर्देशकले बताए । नेपाल एयरलायन्सको जिएसए हत्याउन वाई कम्पनीले गैरआवासीय नेपाली भवन भट्टलाई प्रयोग गरेको छ ।
नेपाल एयरलायन्सले आफ्नो टेण्डर नेटिसको बुँदा नम्बर ४ मा अन्य एयरलायन्सको जिएसए लिएको कम्पनीले टेण्डर भर्न नै नपाउने बताएको थियो । तर यो प्रावधान विपरीत वेस्टर्न एसोसिएटस्ले नेपाल एयरलायन्सको जिएसएका लागि आवेदन दिई स्वीकृतिको चरणमा रहेको छ ।
एउटै कम्पनीले दुईवटा एयरलायन्सको जिएसए लिँदा यसले नेपाल एयरलायन्सई घाटा हुन जान्छ । किनभने थाई लायन बजेट एयरलायन्स हो र उसले काठमाडौं–जापान सिधा उडान नगरेपनि जापान–बैंकक–काठमाडौं उडान गर्न सक्छ । यस्तो अवस्थामा सस्तो मूल्यमा थाई लायनले उडान भर्ने सम्भावना रहन्छ ।
यदि सस्तैमा जापान–बैंकक–काठमाडौं उडान भएमा सिधा उडान भन्दा पनि यो रुट प्रयोग हुन सक्छ । यस्तो अवस्थामा नेपाल एयरलायन्सले यात्रु नपाई कम अकुपेन्शीमा उडान भर्नुपर्ने हुन्छ । जिएसएले पनि बढी नाफा हुने एअरलायन्सको मात्रै टिकट विक्री गर्ने सम्भावना रहन्छ । योसमाचार रातोपाटीमा अनलाइनले छापेको छ ।