कपिलवस्तु, मंसिर ११ –चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका ९ जना पक्राउ गरेको छ । प्रहरीले जिल्ला जनपरिषद प्रमुख शम्भु थारुसहित ९ जना पक्राउ भएका हुन् ।
जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुनाव विरोधी गतिविधिमा संलग्न रहेका अन्यको खोजी भैरहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताउनुभयो । पक्राउ गरिएकाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।