नेपाल तानडोरि संघले सुनसरी जिल्ला समिति गठन

प्रकासित मिति: ६ फाल्गुन २०७४, आईतवार ०४:०४

सुनसरी । नेपाल तानडोरी संघ सुनसरी जिल्ला तदर्थ समितिको गठन गरिएको छ । नेपाल तानडोरी संघको केन्द्रिय उपाध्यक्ष डा. सुवास श्री पोख्रेलको प्रमुख आतिथ्यतामा भएको समारोहले निश्चल राज शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा उपाध्यक्ष , रमेश बाबू थापा,सचीव पुरुषोतम शर्मा, सहसचिव युव राज चौधरी ,कोषाध्यक्ष, पुर्णिमा प्याकुरेल
सदस्यहरुमा अशोक कुमार चौधरी , श्रीसोनम लिम्बु, सुश्री सृजना शर्मा, सुश्री लक्ष्मि बराल, तिलक भुजेल,सुश्री पुजा चौधरी , कृष्ण तमाङ , पुकार पोख्रेल, चन्द्रराज बस्नेत ,सुभाष भट्टराई लगायत रहेका छन् ।

समारोहमा तानडोरी संघका केन्द्रिय उपाध्यक्ष डा. पोख्रेलले यो खेलले युवा, समाज, राष्ट्रा र विश्वा सामु साकारात्मक सम्बन्ध हुने र तन्दुरुस्त मस्तिष्कको बिकाश र बन्धुत्वको बिकाश हुने जानकारी दिदै नर्व निर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिए ।

कार्यक्रममा तानडोरी संघका केन्द्रिय सदस्य रन्जु सिक्देल ,तानडोरी मोरङ जिल्ला कार्यसमितिको उपाध्यक्ष अशोक कुमर चौधरी र सदस्य सुश्री साक्षी शर्मालगायतले तानडोरी खेलको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमा बिधालय, युवा, बिद्यार्थी ,समाजसेवि, जनप्रतिनिधि हररुको सहभागिता रहेको समारोहमा सुनसरी जिल्ला खेलकुद बिकाश समितीका सचिव कुमार पोख्रेलले तानडोरी खेलको बिकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Bhansar Bivag
Argakhachi Cement