राजनीति समाचार 

नेपाल तामाङ घेदुङ कैलाश गाउपालिका कमिटि नेतृत्वमा रबिन्द्र थिङ

नेपाल तामाङ घेदुङको संघीय सर्कुलर अनुसार स्थानीय तहमा घेदुङको गठन प्रक्रिया तिब्र भएको छ । बुधबार कैलाश गाउपालिकाको केन्द्र कलिकाटारमा भएको प्रथम भेलाले नेपाल तामाङ घेदुङ कैलाश गाउपालिका गठन गरेको छ । स्थानीय रबिन्द्र थिङको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिती गठन गरिएको हो ।कमिटिको उपाध्यक्षमा जमानसिं वाइबा, महिला उपाध्यक्षमा तारा थिङ, सचिबमा कमल लामा, कोषाध्यक्ष रामसिं गोले, सहसचिबमा लालसिं थिङ रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रेमबहादुर स्याङ्बो, राजकुमार लामा, जितबहादुर थोकर, शंकर सिन्तान, बलराम मोक्तान, डवल तितुङ, बिमला थिङ, आत्मराज मोक्तान, कुसुमाया दोङ, लगायत चयन भएका छन् । कमल लामाको सभाध्यक्षमा भएको भेलामा नेपाल तामाङ घेदुङको संघीय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । भेलामा घेदुङको जिल्ला अध्यक्ष लिलाकुमार घलान, उपाध्यक्ष कालु घलान, जिल्ला सचिब आत्माराम मोक्तान, तिन नम्बर वडा अध्यक्ष देवलाल बल, एक नम्बर वडा अध्यक्ष पेमा योञ्जन, चार नम्बर वडाअध्यक्ष किरण मोक्तान, घेदुङको जिल्ला सदस्य कुमार गोले, पुर्बजिल्ला सदस्य गौतमबुद्ध लामा, लोप्चन समाजका अध्यक्ष हरि लोप्चन लगायतका अतिथिहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

भेलामा कैलाश गाउपालिका घेदुङको सल्लाहकार समितिमा गाउपालिकाको अध्यक्ष टंक मोक्तानको संयोजकत्वमा १ देखि ११ वडाअध्यक्षहरु रहने गरि सल्लाहकार समिति बनाइएको छ ।

Related posts

Leave a Comment