परिवार दलका अध्यक्ष ढकालले गरे एउटै परिवार का ३ अनाथ बालकहरुलाई शैक्षिक सहयोग

प्रकासित मिति: २९ माघ २०७५, मंगलवार ०२:५०

काठमाण्डौ , १५ माघ,२०७५ को अन्नपूर्ण पोष्टको पेज न ८ मा पजितेन्द्र नारायण ठाकुरले लेख्नु भएको समाचार पढिसके पछि मन भकानिएर आयो, म मौन भइ बसि रहे, बैठक निरन्तर चलिरहेको थियो। नेतृत्व साथिहरु आआफ्नो कुरा राख्ने क्रम जारी थियो तर मेरो ध्यान ती समाचार र बालकहरुको अवस्था बारे सोचिरहेको थिए। आयो टप टिपि लग्यो ती बालकहरुका बाआमालाई, अभिभावक बिहिन ती बालकहरुका लागि रेख देख र लालन पोषन गर्न फुफु तयार भैइन तर दैवले ती फुफुलाई पनि बचाउन सकेन र ती फुफुको पनि मृत्यु भयो। ती अबोध बालकहरु सचिकै निसहारा भए र ७५ बर्षिया हजुरआमा संग दुख पूर्ण जीवन यात्रामा हिडिरहेका छन।
यो समाचार धेरै साथी समाजसेवी, बुद्धिजीवी नेता कार्यकर्ता ले पढेको हुनु पर्छ। बिदेशमा हुने धेरै इस्ट्मित्रले हेरेको हुनुपर्छ र मन दुखेको हुनुपर्छ । म भने वास्तविक कल्पनामा डुबिरहेको बेला अचानक यो समाचार बारे बैठकमा चर्चा भयो। एकछिन म खुसी भए, मन हर्षित भएर आयो।
बैठक निरन्तर चलिरहेको थियो र हाम्रो जुझारु युवा नेता, अभिभावकत्व हृदय भएको नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एवं पुर्व मन्त्री माननीय एकनाथ ढकाल ज्युले ती निसहाय बालकहरुको शैक्षिक सहयोगका लागि रु ५०,०००र( दिने निर्णय गर्नु भयो। माननीय ढाकल सचै एउटा अभिभावकत्व हृदय भएको व्यक्ति हुनुहुन्छ। राष्ट्र र जनता पहिलो प्राथमिकताको भावना बोकेको ढकाल हालसालै सफलता पुर्वक सम्पन्न एसिया प्यासिफिक समिटले एसियाली जनता बिच घनिष्ठ सम्बन्ध स्थापना भएको महत्त्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ। समिटको सफलता सगै नेपालमा पर्यटन बिकास, जलवायु परिवर्तन र नेपालको शान्ति प्रक्रिया वारे बिश्वमा प्रचार, धार्मिक सहिष्णुताको सन्देश तथा पारिवारिक मुल्यमान्यताको जगेर्ना तथा प्रवर्द्धनमा अहम भुमिका निर्वाह गर्नु भएको छ। समिट्ले युवा पिढिमा सर्वजानिक सोच, नैतिक मुल्यमान्यताको बिकास का सथै वैदेशिक लगानी आकर्षित गर्न र नेपालको कुटनैतिक सम्बन्धलाई फराकिलो बनाउन सरकार , नागरिक मञ्च र निजि क्षेत्रलाई एक साझा मञ्चमा रुपान्तरण गर्न सहयोग र योगदान पुर्याउनु भएको छ।
एउटा अभिभावकत्व र दायित्व भएको बताउदै माननीय ढकाले ती अभिभावक बिहिन दिपक, रजिव र रोशन राजवनसीको उज्ज्वल भविस्यको लागि यो रकम सहयोग गर्ने जिकिर सुन्दा म मा खुसीको सिमा रहेन बैठक समाप्त लगत्तै बिराटनगर फर्के र मेरो कुराकानी पत्रकार मित्र ठाकुर संग हुदा मित्रले भोलि मात्र जाने कुरा जानकारी गराउदा मनले मानेन। तर मनमा ती बालकहरु संग आजनै भेट्ने संकल्प थियो।
म र दाइ नवराज दाहाल २ घन्टा बाइक को यात्रा पस्चात सुनवर्सी नगरपालिका (७ कुडौलीमा हजुरामा संगै बस्दै आईरहेका ती नदान बालकहरुको जीवन कस्टकर भयो र हाल उनिहरु रतुवामाइ ४ गोबिन्दपुर लेटि गाउँमा आफ्नो ठुलिआमा घर बस्दै गरेको अबस्थामा मा हामी ले भेटे गर्यो। ती बालकहरुको लागि यी सहयोगी हातहरु अगाडि सारौ।
प्रस्तुतिः अशोक कुमार चौधरी

Bhansar Bivag
Argakhachi Cement