नेपाल परिवार दलको प्रदेश नं १ बैठक सम्पन्न

प्रकासित मिति: ३० भाद्र २०७३, बिहीबार १४:०९

सुनसरी । नेपाल परिवार दलको प्रदेश नं १ को सुनसरीको इटहरीमा भएको बैठकले संविधानलाई कार्यान्वयनमा लान आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको भन्दै अव संविधानको प्रचारको लागि गाउँ स्तरमा समेत कार्यक्रम लैजाने निर्णय गरेको छ ।
परिवार दलका महामन्त्री एवम् प्रदेश नं १का संयोजक बिनोद डाँगीको अध्यक्षतामा भएको बैठकले संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौती भएकाले सबै दल एकजुट हुनुपर्ने जोड दिएको छ । बैठकले डेढ वर्ष्भित्र स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्न निकै जटिल रहेको भएपनि यसमा दलले पूर्ण सहभागीता जनाउने निर्णय गदै प्रदेश नं १ भित्रका क्षेत्रमा पाटीका संगठन बिस्तार तथा प्रशिक्षण अभियान संञ्चालन गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रदेश नं १ सहसंयोजक तिर्थराज घिमिरेले बताए ।
बैठकले ओलीले शिक्षा, स्वास्थ्य र प्रविधिको विकास अहिलेको आवश्यकता भएको भन्दै शिक्षा, स्वास्थ्य र प्रविधिको विकासमा जोड नदिई मुलुकको विकास सम्भव नभएको निश्कर्ष निकालेको छ ।

Bhansar Bivag
Argakhachi Cement