नेपाल परिवार दलद्धारा धादिङ दुर्घटनामा निधन भएकाहरुमा श्रद्धाञ्जली

प्रकासित मिति: ११ कार्तिक २०७४, शनिबार १४:३९

कार्तिक ११, काठमाण्डौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले शनिबार बिहान धादिङ बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुस्ख व्यक्त गर्दै मृतकहरुमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

अध्यक्ष ढकालले प्रेस विज्ञप्ती जारी गर्दै दुर्घटनामा निधन भएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । ढकालले घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सहयोग गर्न सरकारसँग माग गरेका छन ।
शनिबार बिहान गजुरी– ५ बांगेमोडलमा यात्रुवाहक बस त्रिशुलीमा खस्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement