नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउनमा

प्रकासित मिति: १४ बैशाख २०७३, मंगलवार १६:००

विश्व क्रिकेट लिग च्याम्यिनसीप प्रतियोगिता अन्तर्गत चौथो चरणमा हुने नेपाल र नेदरल्यान्डबीचको खेल आगामी साउन २९ र ३१ गते हुने भएको छ ।

विश्व क्रिकेट परिषद् (आइसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेदरल्यान्डसँग उसकै घरेलु मैदानमा आगामी साउन २९ र ३१ गते खेल्न लागेको हो । यदि नेपाल क्रिकेट सङ्घ (क्यान)मा चरम विवाद नभएको भए नेपालले एक खेल आफ्नै घरेलु मैदानमा खेल्न पाउने थियो ।

त्यसपछि आगामी चरणका खेल नेपालले हङकङ, केन्या र यूएईसँग होम एन्ड अवेको आधारमा दुई÷दुई खेल खेल्नेछ ।

यही वैशाख ४ र ६ गते घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल अङ्कतालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लिएको थियो । नेपालको अङ्कतालिकामा अहिले चार अङ्क छ ।

घरेलु मैदानको फाइदा उठाउँदै नेपालले नामिबियालाई वैशाख ४ गते शनिबार पाँच विकेट र वैशाख ६ गते सोमबार तीन विकेटले हराएर विश्व क्रिकेट लिग च्याम्पियनसीपको शीर्ष चारभित्र रहने सम्भावना जीवितै राखेको थियो ।

नेपाल यसअघि पहिलो र दोस्रो चरणमा स्कटल्यान्ड र पपुवान्युगिनीसँग लगातार चार खेलमा पराजित भएको थियो ।

विश्व क्रिकेट लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्ससँग १० अङ्क छ । उसले अहिलेसम्म खेलेका छ मध्ये चारमा जित हात पारेको छ भने दुई खेलमा अङ्क बाँडेको छ । त्यस्तै नौ अङ्क भएको हङकङ दोस्रो, सात अङ्क भएको स्कटल्यान्ड तेस्रो तथा छ अङ्क भएको केन्या चौथो स्थानमा छ । नेपालकै जति समान चार अङ्क भएको पपुवा न्युगिनी रनरेटको आधारमा पाँचौ स्थानमा छ । २÷२ अङ्क भएका नामिबिया र युएई क्रमशः सातौं र आठौँ स्थानमा छन् ।

सन् २०१५ देखि २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाललगायत ८ एसोसियट मुलुकका टोलीबीच होम एन्ड अवेको अवधारणामा प्रत्येकले १४ खेल खेल्नेछन् । त्यसमध्येका शीर्ष चार टोलीले सन् २०१९ मा इङल्यान्डमा हुने एकदिवशीय विश्वकपको छनौट चरण खेल्न पाउनेछन् ।

नेपालमाथि आइसिसिको कारबाही

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट सङघ ९क्यान० लाई सोमबार निलम्वन गरेको छ ।

आन्तरिक विवादमा फसेको क्यानलाई नेतृत्व बिहीनताको अवस्था आएका कारण देखाउँदै दुबईमा सोमबार सम्पन्न आइसिसीको बोर्ड बैठकले निलम्बित गर्ने निर्णय गरेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान)र राष्ट्रिय खेलकुद परिषद् राखेपले बनाएको क्यानको तदर्थ समितिको विवाद दुवै अदालतमा पुगेको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानको निर्वाचित अध्यक्ष टङ्क आङबुहाङ नेतृत्वको कार्यसमितिको म्याद मङ्सिरमा सकिएपछि अर्को कार्यसमितिको निर्वाचनबारे विवाद आएपछि क्यान विवादले उग्र रुप लिएको थियो । यस्तोमा क्यानको उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतको पक्षले मङ्सिरमा चुनावी साधारणसभा गर्दै चन्दको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । तर, त्यसलाई राष्ट्रिय खेलकुद परिषद९राखेप० र अध्यक्ष टङ्क आङ्बुहाङ पक्षले अवैधानिक बताउँदै आएको छ ।

विवादपछि राखेपले गत पुसमा रमेश सिलवालको अध्यक्षतामा नेपाल क्रिकेट सङ्घ क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । तर, चन्दलगायतले राखेपको तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेपछि सर्वोच्चले दुवै पक्षलाई काम कारबाही नगर्न अन्तरिम आदेश जारी ग¥यो ।

आइसीसीले क्यान स्वतन्त्र निकायका रुपमा स्थापित नहुँदासम्म निलम्बन कायमै रहने विज्ञप्तिमार्फत उल्लेख गरेको छ । क्यानका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आइसिसीले क्यानलाई निलम्बन गरेपनि नेपाल सहभागी हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा कुनै असर नपर्ने बताउनुभयो ।

क्यान विवादमा परेसँगै आइसिसीले दिँदै आएको आर्थिक सहयोग सन् २०१४ मेदेखि नै कम गर्दै लगेको छ । क्यान निलम्बनमा परेपनि नेपाली क्रिकेट टोलीले आइसिसीको अन्तर्राट्रिय प्रतियोगिताहरू भने खेल्न पाउने जनाएको छ

Bhansar Bivag
Argakhachi Cement