नेपाल शिक्षक महासंघको कार्यलयमा तालाबन्दी

प्रकासित मिति: २९ चैत्र २०७४, बिहीबार १५:४१

काठमाण्डौ । छुट अस्थायी शिक्षक संघर्ष समिति को अगुवाइमा २०७२र६र२ पछि नियुक्त देश भरि बाट उपस्थित शिक्षकहरु ले बिहिबार नेपाल शिक्षक महासंघको कार्यालय २ घण्टा घेराउ पछि तालाबन्दी गरिएको छ । नेपाल शिक्षक महासंघले १२ दिन सम्म २ जना शिक्षक आमरण अनशन बस्ता समेत वास्ता नगरि उल्टै खुल्ला बिज्ञापन गर्न शिक्षा तथा प्रबिधि मन्त्री गिरिराज मणि पोखरेल लाई दबाब दिएको भन्दै तालाबन्दी गरिएको हो । नेपाल शिक्षक महासंघको कार्यलयमा ज्ञापन पत्र बुझाउन जादा कोहि पनि उपस्थित नभएको र उल्टै कि चिया पसलमा छोड्नुहोस ज्ञापनपत्र कि राष्ट्रिय शिक्षक संगठनको कार्यलय आउनु भनेर महासंघ अध्यक्ष बाबुराम थापाबाट जबाफ आएपछि ढोकामा ज्ञापन पत्र टास गरि तालाबन्दी गरिएको छुट अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले बताए ।

Bhansar Bivag
Argakhachi Cement